शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पाल्पा-तम्घास सडक मर्मत गरिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २६ २०७८
पाल्पा-तम्घास सडक मर्मत गरिने

पाल्पा- पाल्पा-तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ। उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो। 

सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह् ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार ढुङ्गा कटान गरी सडकमा राख्नुपर्ने भएकाले दिउँसो यातायातका साधन सञ्चालनमा समस्या भए पनि साँझ-बिहान सडक खुला रहने छ। प्रदीप साइन जेभी बुटबलले सडक फराकिलो बनाउन थालेको छ। चट्टान कटान गरी सडक चौडा बनाउन थालिएको लम्सालले बताए। रासस


प्रकाशित : बुधबार, माघ २६ २०७८०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend