बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

प्रतितोला ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बुधबार, वैशाख ३१ २०८२
images
प्रतितोला ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढ्दा चाँदी भने प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- केही दिनयता लगातार घटेको सुनको मूल्य बुधबार भने पुन: वृद्धि भएको छ। बुधबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ८५ हजार ३ सय रूपैयाँ कायम भएको छ।

images
images
images

मंगलबार सुन तोलामा दुई हजार रूपैयाँले घटेर प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images

यो साता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको थियो। आइतबारयता तीन दिनमा तोलामा ६ हजार रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने पुन: उकालो लागेको हो।

images
images

आइतबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले घटेको थियो।

चाँदीको मूल्य भने मंगलबारको तुलनामा बुधबार प्रतितोला १० रूपैयाँले घटेको छ।

मंगलबार प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ सय ६० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend