मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

रैथानेबाली संरक्षण गर्न ‘बीउ बैंक’

images
मंगलबार, वैशाख ३० २०८२
images
रैथानेबाली संरक्षण गर्न ‘बीउ बैंक’

कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ।

images
images

तुलसीपुर- दाङको तुलसीपुर उपमहानगरपालिका-४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ। लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो।

images
images
images

संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ संकलन कार्य सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिइन्। अहिले ५० भन्दा बढी बालीको बीउ संकलन गरिएको उनले उल्लेख गरिन्।

images
images

'हामीले ५० भन्दा बढी लोप हुने अवस्थामा रहेका बाली संकलन गरेका छौँ, ती बालीको बीउ संकलन गरेर बैंक बनाएका छौँ', उनले भनिन्, 'संकलित बीउ उत्पादन गरेर बजारमा बिक्री गर्ने योजना बनाएका छौँ।'

images
images

कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ। अहिले कतिपय स्थानीय बाली लोप भइसकेका भन्दै यसरी बीउ बैंक निर्माण गर्नु सकारात्मक पक्ष भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज चौधरीले बताए।

'परम्परागत बाली धेरै लोप भइसकेका छन्', उनले भने, 'यसरी बीउ बैंक स्थापना गरेर संरक्षणको पहल थाल्नु सकारात्मक पक्ष हो।' यो कार्य सबै कृषि सहकारीहरूले गर्नुपर्नेमा उनले जोड दिए। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend