काठमाडौं- यो साता सुनको मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ। आइतबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ८६ हजार ८ सय रूपैयाँ तोकिएको छ।
आइतबार सुन प्रतितोला एक लाख ९० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि सोमबार प्रतितोला १० रूपैयाँले घटेको छ। आइतबार तोलामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ९ सय ६० रूपैयाँ तोकिएको छ।