शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कालीमाटीमा आज यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

सोमबार, वैशाख २९ २०८२
कालीमाटीमा आज यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२९ वैशाख) का लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। केही तरकारीको मूल्य स्थिर रहेको छ भने केहीको मूल्यमा हेरफेर भएको देखिन्छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२९ वैशाख) का लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। केही तरकारीको मूल्य स्थिर रहेको छ भने केहीको मूल्यमा हेरफेर भएको देखिन्छ।

समितिका अनुसार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ७० रुपैयाँमा कायम गरिएको छ भने सानो लोकल गोलभेँडा ७५, टनेल गोलभेँडा ८५, भारतीय सानो गोलभेँडा ४५ र तराई सानो गोलभेँडा ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

यसैगरी, आलु रातो ३५ र भारतीय आलु रातो ३८ रुपैयाँ, प्याज सुकेको (भारतीय) ३८ रुपैयाँमा यथावत् रहेको छ। गाजर (लोकल) ६० र तराई गाजर ३० रुपैयाँ, बन्दा (लोकल) १५, काउली (स्थानीय) ७०, मूला (रातो) ४०, सेतो मूला (लोकल) २० र हाइब्रिड मूला ३० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छन्।

अन्य तरकारीहरूमा भन्टा डल्लो ४०, लाम्चो ३५, तने बोडी ६०, मटरकोसा १००, लौका ३५, तितो करेला ४०, परबर (लोकल तथा तराई दुबै) ७०, चिचिण्डो ३०, झिगुनी ८०, फर्सी हरियो (डल्लो र लाम्चो) ३५, भिण्डी ४० रुपैयाँमा निर्धारण गरिएको छ।

सागपाततर्फ पालुङ्गो, चमसुर, मेथी, रायो, सौफ, जिरीको साग लगायतको मूल्य ६० देखि ८० रुपैयाँको बीचमा छ। ब्रोकाउली ९०, चुकुन्दर ८०, पुदिना ३००, कोइरालो १८०, तोफु १४०, गुन्द्रुक ३५० र कुरिलोको मूल्य ६०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

फलफूलमा स्याउ (फूजी) ३४०, स्याउ (झोले) २५०, अनार ३५०, केरा (दर्जन) १६०, कागती २८०, अङ्गुर (कालो) २५०, तरबुजा ५०, जुनार र मौसम २००–२०० रुपैयाँ प्रतिकिलो रहेका छन्।

काँक्रो (लोकल) ६०, हाइब्रिड काँक्रो ३०, कटहर ८०, नासपाती (चाइनिज) २६०, मेवा (भारतीय) १२०, नेपाली मेवा ५०, अम्बा १२०, स्ट्रबेरी २५०, किबी ४६० र आभोकाडो ५८० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।

अदुवा १२०, लसुन (नेपाली र चाइनिज दुबै) ३००, हरियो धनियाँ १००, हरियो खुर्सानी सामान्य ९०, बुलेट खुर्सानी १००, माछे खुर्सानी ४५, अकबरे खुर्सानी ४००, सुकेको खुर्सानी ४२० रुपैयाँमा निर्धारण गरिएको छ।

माछा वर्गमा ताजा रहु माछा ३२०, बचुवा २६० र छडी २४० रुपैयाँ प्रतिकिलोमा निर्धारण गरिएको छ। च्याउमा कन्य १८०, डल्ले ३५०, राजा च्याउ ३०० र सिताके च्याउ ८०० रुपैयाँमा उपलब्ध छन्।

कालीमाटी बजार समितिले दैनिक रूपमा थोक मूल्य निर्धारण गर्दै सार्वजनिक गरिरहेको छ जसले उपभोक्ता र व्यवसायीबीच सन्तुलन कायम राख्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२०६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend