शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कालीमाटीमा आज यस्ता छन् सागसब्जी र फलफूलका थोक मूल्यहरू

आइतबार, वैशाख २८ २०८२
कालीमाटीमा आज यस्ता छन् सागसब्जी र फलफूलका थोक मूल्यहरू

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार केही तरकारी र फलफूलको मूल्य स्थिर देखिएको छ भने केहीमा सामान्य घटबढ देखिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार केही तरकारी र फलफूलको मूल्य स्थिर देखिएको छ भने केहीमा सामान्य घटबढ देखिएको छ।

आज भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ७० रुपैयाँमा, सानो लोकल गोलभेँडा ६५ रुपैयाँमा तथा तराई र भारतीय साना गोलभेँडा क्रमशः ५२ र ४५ रुपैयाँमा विक्री भइरहेको छ। आलु रातो ३५ रुपैयाँ र भारतीय आलु रातो ३८ रुपैयाँ कायम छ। गाजर (लोकल) को मूल्य ६० रुपैयाँ र तराई गाजर ३० रुपैयाँ छ।

प्याज सुकेको (भारतीय) को मूल्य ३८ रुपैयाँमा यथावत् रहेको छ। बन्दा (लोकल) १५, काउली (स्थानीय) ७०, र मूला (रातो) ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ तथा लोकल सेतो मूला २० रुपैयाँमा उपलब्ध छ।

भन्टा डल्लो र लाम्चो क्रमशः ४० र ३५ रुपैयाँ, तने बोडी ६०, मटरकोसा १००, तितो करेला ३५, लौका ३० र परबर (लोकल) ५० तथा परबर (तराई) ६० रुपैयाँमा विक्री भइरहेको छ। चिचिण्डो, घिरौला, झिगुनी, भिण्डी लगायतका तरकारीमा पनि सन्तुलित मूल्य कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) को मूल्य ३४० रुपैयाँ, केरा प्रतिदर्जन १६०, कागती २८०, अनार ३५०, अङ्गुर (कालो) २५०, तरबुजा हरियो ५०, जुनार र मौसम २००-२०० रुपैयाँ रहेको छ। किबी ४६०, आभोकाडो ५८० र स्ट्रबेरी (भुइँऐसेलु) २५० रुपैयाँमा उपलब्ध छन्।

विशेष वस्तुहरूमा च्याउ (डल्ले) ३५०, राजा च्याउ ३०० र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ। अदुवा १२०, लसुन (चाइनिज र नेपाली) दुबै ३००, खुर्सानी (अकबरे) ४०० तथा ताजा माछा (रहु) ३२० रुपैयाँ प्रतिकिलो रहेको छ।

समितिका अनुसार दैनिक उपभोग्य कृषिउपजको मूल्य सार्वजनिक गरिँदै आएको छ जसले थोक व्यापारी र उपभोक्तालाई बजार मूल्यको जानकारी प्राप्त गर्न सहज बनाउँछ। रासस


प्रकाशित : आइतबार, वैशाख २८ २०८२०६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend