शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अन्तर्राष्ट्रिय व्यापार मेलामा शनिबार उल्लेख्य दर्शक, उद्योगमन्त्री पुगे अवलोकन गर्न

images
शनिबार, वैशाख २७ २०८२
images
अन्तर्राष्ट्रिय व्यापार मेलामा शनिबार उल्लेख्य दर्शक, उद्योगमन्त्री पुगे अवलोकन गर्न

स्टलहरुको अवलोकन गर्दै मन्त्री भण्डारीले उद्योग, व्यवसायीहरुलाई उत्पादनको प्रबद्र्धन तथा बजारिकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया दिएका छन्।

images
images

काठमाडौं- काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५’ मा शनिबार उल्लेख्य दर्शकले मेला अवलोकन गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि शनिबार मेला अवलोकन गरेका छन्।

images
images
images

उद्योग मन्त्रालय र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा मेला सुरु भएको हो। मेलाको बैशाख २५ गतेबाट मन्त्री भण्डारीले नै उद्घाटन गरेका थिए। स्टलहरुको अवलोकन गर्दै मन्त्री भण्डारीले उद्योग, व्यवसायीहरुलाई उत्पादनको प्रबद्र्धन तथा बजारिकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया दिएका छन्।

images
images

उनले स्वदेश तथा विदेशी स्टलहरुमा पुगी वस्तुको उत्पादन तथा बजारको बारेमा व्यवसायीहरुको प्रतिक्रिया लिएका थिए। यस्तै महासंघका अध्यक्ष ढकालले पनि मेला अवलोकन गर्दै नेपाली स्वदेशी तथा विदेशी वस्तुहरुको खरिदमा दर्शकहरुको चासो देखिएको बताए। मेलामा नेपाल, चीन  र बंगलादेशका गरी १२० बढि स्टल छन्।

images
images

मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार एवं लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको छ। महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा आयोजना गरेको मेला बैशाख २९ गतेसम्म चल्ने बताइएको छ। 


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend