शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बागलुङमा मोटोरेवल पुल निर्माण, डोकोमा तरकारी बोक्नुपर्ने बाध्यता हट्यो

images
शनिबार, वैशाख २७ २०८२
images
बागलुङमा मोटोरेवल पुल निर्माण, डोकोमा तरकारी बोक्नुपर्ने बाध्यता हट्यो

५ वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो।

images
images

बागलुङ- जिल्लाको बडिगाड गाउँपालिका-७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ। ५ वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो।

images
images
images

पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ। २०७७ कात्तिक २७ गते सडक डिभिजन कार्यालयले ७ करोड ६६ लाखमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। 

images
images

२०७९ फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकामा ३ वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो। पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछाने बताउँछन्। नवनिर्मित पुल मालारानीबाट राजकुट-हर्पे-देवीस्थान रोल्पा-रुकुम-जाजरकोट आवागमन सहज भएको छ।

images
images

स्थानीय प्रेमबहादुर केसीले बडिगाडखोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए। गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरेपनि अब डोकोमा बोकेर बजार पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend