शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मर्सिडिज बेन्जलाई कोरियाले तिरायो १ करोड ६९ लाख डलर जरिबाना

मंगलबार, माघ २५ २०७८
मर्सिडिज बेन्जलाई कोरियाले तिरायो १ करोड ६९ लाख डलर जरिबाना

काठमाडौं- दक्षिण कोरिया सरकारले जर्मन विलाशी कार निर्माता कम्पनी मर्सिडिज बेन्जलाईं प्रदूषण नियम मिचेको भन्दै १ करोड ६९ लाख अमेरिकी डलर (२०.२ अर्ब वन) जरिबाना गरेको छ। डिजेल कारमा भने अनुसार ग्यास प्रदूषण धेरै भएको भन्दै उक्त रकम जरिबाना तिराएको हो। 

कोरिया फेयर ट्रेड कमिसन (केएफटीसी)का अनुसार मर्सिडिजले प्रदूषण न्यूनीकरण गर्न इन्स्टल गरेको सफ्टवेर अवैध हो। कोरियामा बिक्री हुँदै आएका १५ मोडलमा यस्तो सफ्टवेर प्रयोग भएको जिकिर केएफटीसीले गरेको छ। 

केएफटीसीले गत वर्ष अउडी-फक्सवागन कोरिया, निसान मोटर कर्प, स्टेलेन्टिस कोरिया र पोस्र्च एजीलाई पनि प्रदूषणको मुद्दामा जरिबाना वा सचेत गराएको थियो। 


प्रकाशित : मंगलबार, माघ २५ २०७८१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend