बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति हुँदै

images
बिहीबार , वैशाख २५ २०८२
images
हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति हुँदै

संघीय सरकारबाट प्राप्त ४० करोड रुपैयाँ लागतमा स्तरोन्नति थालिएको हो।

images
images

बागलुङ- ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’अन्तर्गत हरिचौर-मल्म-पाण्डवखानी सडकको स्तरोन्नति प्रारम्भ भएको छ। चालु आर्थिक वर्षमा ८ किलोमिटर स्तरोन्नति गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।

images
images
images

संघीय सरकारबाट प्राप्त ४० करोड रुपैयाँ लागतमा स्तरोन्नति थालिएको हो। हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको उक्त कार्यालयका इन्जिनियर सागर भण्डारीले जानकारी दिए। ८ किलोमिटरमध्ये ४ किलोमिटर कालोपत्रका लागि तयार भएको छ।

images
images

बाँकी भागमा सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण, टोव पर्खाल लगाउनेलगायत काम जारी छ। यो सडक ४० किलोमिटर लामो छ। 

images
images

गलकोटको हरिचौरदेखि सुरु भएको सडक मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीखोला हुँदै प्युठान जोडिन्छ। सडकको सुरु विन्दुबाट काम थालिएको हो। रासस


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend