शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

बिहीबार , वैशाख २५ २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्य यथावत् रहेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्य यथावत् रहेको छ।

समितिले जनाएअनुसार आज भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ, सानो लोकल गोलभेँडा ६० रुपैयाँ, भारतीय सानो गोलभेँडा र तराई गोलभेँडा दुवै ४५ रुपैयाँ कायम गरिएको छ। आलु रातो प्रतिकिलो ३५ रुपैयाँ र भारतीय प्याज सुकेको ३८ रुपैयाँमा बिक्री भइरहेको छ।

गाजर (लोकल) ६० रुपैयाँ र तराई गाजर ३० रुपैयाँमा उपलब्ध छन्। बन्दा (लोकल) १५ रुपैयाँ र नरिवल बन्दा २० रुपैयाँ कायम गरिएको छ। काउली (स्थानीय) को मूल्य आज ७० रुपैयाँ पुगेको छ। भन्टा डल्लो ४० रुपैयाँ र तने बोडीको मूल्य ८० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) को मूल्य प्रतिकिलो ३४० रुपैयाँ, केरा प्रतिदर्जन १६० रुपैयाँ, कागती २८० रुपैयाँ, अङ्गुर (कालो) २५० रुपैयाँ, तरबुजा हरियो ५० रुपैयाँ, जुनार २०० रुपैयाँ तोकिएको छ। आभोकाडोको मूल्य प्रतिकिलो ६४० रुपैयाँ पुगेको छ।

त्यस्तै, च्याउ (डल्ले) ३२० रुपैयाँ, कुरिलो ६०० रुपैयाँ, तोफु १४० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलोमा कायम छ। लसुन (चाइनिज) ३२० रुपैयाँ, लसुन (नेपाली) ३०० रुपैयाँ, ताजा माछा (रहु) ३२० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ तोकिएको छ।

समितिले दैनिक रुपमा बजारमा विक्री हुने तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गर्दै आएको छ। उपभोक्ताले कालीमाटी बजार विकास समितिको वेबसाइट वा सूचना पाटीमार्फत मूल्य जानकारी लिन सक्नेछन्। रासस


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend