सोमबार, वैशाख २२ गते २०८२    
सोमबार, वैशाख २२ २०८२
images
images

‘पुरानै शैलीको नीति तथा कार्यक्रमले अहिलेका समस्या समाधान गर्न सक्दैन’

images
सोमबार, वैशाख २२ २०८२
images
‘पुरानै शैलीको नीति तथा कार्यक्रमले अहिलेका समस्या समाधान गर्न सक्दैन’

नीति कार्यक्रम निकै औपचारिक, कर्मकाण्डी र वर्तमान तथा भविष्यका चुनौती सम्बोधन गर्न असमर्थ रहेको टिप्पणी सांसदहरूले गरेका छन्।

images
images

काठमाडौं- संसद्‌मा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रमप्रति प्रतिपक्ष दलका सांसदहरूले गम्भीर आलोचना गरेका छन्। कार्यक्रम पुरानै शैलीको र व्यवहारमा कार्यान्वयन गर्न नसकिने खालको भएको सांसदहरूको टिप्पणी छ।

images
images
images

विगतका राम्रा कार्यक्रमलाई निरन्तरता नदिएको, पूर्वाग्राही ढंगले नीति ल्याइएको र संविधानले निर्देश गरेको समाजवादोन्मुख अर्थतन्त्र तथा तीनखम्बे अर्थनीतिलाई उपेक्षा गरिएकोलगायत विषयमा सांसदहरूले आलोचना गरेका हुन्।

images
images

यस्तै, प्राकृतिक स्रोतको प्रभावकारी उपयोग, सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को हालको सूचीबाट बाहिरिन आवश्यक रणनीति, समावेशिता तथा सुशासनको पक्ष कमजोर रहेको सांसदहरूको धारणा छ। सार्वजनिक संस्थानहरूको सुधार र ठूला जलविद्युत् आयोजना कार्यक्रमबाट बाहिरिएको, पूर्वाधार निर्माणमा समन्वयको अभाव रहेको र सहकारी जस्तो संवेदनशील क्षेत्रमा ठोस योजना नआएको प्रतिपक्ष सांसदहरूको आरोप छ।

images
images

नीति कार्यक्रम निकै औपचारिक, कर्मकाण्डी र वर्तमान तथा भविष्यका चुनौती सम्बोधन गर्न असमर्थ रहेको टिप्पणी सांसदहरूले गरेका छन्। 

आजको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो संशोधन राख्दै सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रम पुरानै शैली र कार्यान्वयन गर्न नसकिने खालको रहेको बताए। सांसद रामकुमार राईले नीति तथा कार्यक्रमले विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिन नसकेको र पूर्वाग्रही ढंगले आएको धारणा राखे।

सांसद नारायणी शर्माले नीति तथा कार्यक्रमले संविधानमा उल्लेखित समाजवादोन्मुख अर्थतन्त्र र तीनखम्बे अर्थनीतिलाई बिर्सिएको बताइन्। जल, जमिन, जंगलजस्ता प्राकृतिक स्रोतको प्रयोगलाई बढावा दिन सक्नुपर्ने उनको सुझाव थियो। एफएटीएफको खैरो सूचीमा रहेको नेपाललाई त्यसबाट बाहिर निकाल्नका लागि कुनै योजना तथा रणनीति ल्याउन नसकेको पनि उनको भनाइ छ।

सांसद विमला सुवेदीले नीति तथा कार्यक्रमले संविधानको मर्म र भावनाअनुसार समावेशी, समानता र समृद्धिको बाटो पछ्याउन नसकेको बताइन्। सबै प्रकारका भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउने र सुशासन प्रत्याभूति गर्ने विषय नीति तथा कार्यक्रममा आउनुपर्नेमा उनले जोड दिइन्।

सांसद गणेश पराजुलीले घाटामा गएका सार्वजनिक संस्थानहरूको जमिन सरकारको मातहतमै रहने गरी निजी क्षेत्रलाई सञ्चालन गर्न दिएर व्यवस्थापन गरिनुपर्ने बताए। सांसद बुद्धिमान तामाङले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई समेट्न नसकेको बताए। यसको लगानी र निर्माणको ढाँचा स्पष्ट पारेर सरकारको नीति तथा कार्यक्रममा राखिनुपर्ने उनको भनाइ छ।

सांसद ध्रुवबहादुर प्रधानले नेपालको विद्यमान संविधान कार्यान्वयन र संवैधानिक व्यवस्थालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम आउनुपर्नेमा त्यसो हुन नसकेको बताए। संविधानले तोकेअनुसार सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नु नपर्ने तर सरकारका विरुद्ध कसैले प्रश्न उठाएमा दबाउने नियत राम्रो नभएको उनको भनाइ छ। सडक, ढल, खानेपानी, विद्युतजस्ता पूर्वाधार निर्माणमा आपसी समन्वयको अभाव रहेको विषय पनि प्रधानले उठाए।

सांसद मीना तामाङले संविधानले निर्देश गरेअनुसार नीति तथा कार्यक्रम नरहेको टिप्पणी गरिन्। संविधानले तीनखम्बे अर्थनीतिको एउटा महत्वपूर्ण खम्बाका रूपमा सहकारी क्षेत्रलाई परिभाषित गरेकामा नीति तथा कार्यक्रमले त्यसलाई उपेक्षा गरेको बताइन्। यस्तै, हाल सहकारी क्षेत्र निकै समस्यामा रहेको अवस्थामा त्यसलाई समाधान गर्नका लागि कुनै ठोस योजना ल्याउन नसकेको उनको आरोप छ। 

सांसद सुमना श्रेष्ठले देशको कमजोर आर्थिक सुशासन, जनसाङ्ख्यिक बनावटमा आएको परिवर्तन, सूचना प्रविधिको विकासजस्ता विषयलाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रममा आउन नसकेको बताइन्। दुई तिहाइको सरकारले निकै फितलो र कमजोर नीति तथा कार्यक्रम ल्याएको उनले बताइन्। अबको दुई दशकपछि चालु खर्च अत्यधिक बढ्ने र काम गर्ने उमेर समूहभन्दा सेवानिवृत्त भएर पेन्सन खानेहरू बढी हुने अवस्था आउने भन्दै यसबारे समयमा नै सोच्न सरकारलाई आग्रह गरिन्।

सांसद हितबहादुर तामाङले नीति तथा कार्यक्रम निकै औपचारिक र कर्मकाण्डी तरिकाले आएको बताए। यसले न विगतको अवस्थालाई समीक्षा गरेको न त वर्तमानको समस्या हल गर्ने हैसियत राख्ने उनको जिकिर छ। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend