सोमबार, वैशाख २२ गते २०८२    
सोमबार, वैशाख २२ २०८२
images
images

नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सांसदहरुको जोड

images
सोमबार, वैशाख २२ २०८२
images
नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सांसदहरुको जोड

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदहरूले सकारात्मक तथा नकारात्मक टिप्पणी गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन्।

images
images

काठमाडौं- सांसदहरूले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदहरूले सकारात्मक तथा नकारात्मक टिप्पणी गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन्।

images
images
images

सांसद नारायणदत्त भट्टले नीति तथा कार्यक्रले सबै पक्षलाई समेटेकाले आशावादी रहेको प्रतिक्रिया दिए।सांसद राजेन्द्रलक्ष्मी गैरेले नीति तथा कार्यक्रमले स्वच्छ र गुणस्तरीय खानेपानी सुनिश्चिता गर्न लिएको नीति राम्रो रहेको भन्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

images
images

सांसद रुक्मिणी कोइरालाले महिलाविरुद्ध हुने हिंसालगायतका नीति र जलवायु परिवर्तनबारे जनताले भोग्नुपरेका समस्याबारे अन्तर्राष्ट्रियस्तरको ध्यानाकर्षण गर्ने नीति राम्रो रहेको बताइन्। सांसद झक्कुप्रसाद सुवेदीले नीति तथा कार्यक्रमले नेपाली जनताको सपना पूरा गर्न नसक्ने र समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणको कुरा समावेश नभएको बताए। 

images
images

त्यस्तै सांसद नारायणदत्त मिश्रले आर्थिक गतिशीलता, भ्रष्टाचार नियन्त्रण गर्न नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए। सरकारले तोकेको न्युनतम मूल्य किसानले पाउन नसकेको भन्दै उनले किसानले उचित मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

सांसद राधेश्याम पासवानले नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, पर्यटन, खानेपानी, युवासम्बन्धी राम्रा नीति आए पनि कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन्। सांसद विष्णुदेवी पुडासैनीले उद्यमशीलता, रोजगारी, कृषि उत्पादन वृद्धि, शिक्षाको गुणस्तर सुधार जस्ता नीति राम्रा रहेका र नीतिले तीनै तहका साझा कार्यक्रमका बारेमा उल्लेख गर्नु राम्रो पक्ष भएको बताए। 

यस्तै, सांसदहरू रेणु चन्द, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, मायाप्रसाद शर्मा, र तुलसाकुमारी दाहालले छलफलमा भाग लिएका थिए। नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेकाले अर्को बैठक मंगलबार दिउँसो सवा १२ बजे बस्ने छ। रासस 


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend