मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

‘ओ युनिभर्स’ को लक्ष्यमा लम्किरहेको ओमोडा/जेइको

चम्किलो भविष्यतर्फ चेरी, नेपालबाट एसपीजीको साथ

images
मंगलबार, वैशाख २३ २०८२
images
‘ओ युनिभर्स’ को लक्ष्यमा लम्किरहेको ओमोडा/जेइको

त्यसको केही समयपछि चेरीले अन्तर्राष्ट्रिय बजारका लागि विद्युतीय सवारी बनायो र निर्यात थाल्यो। ओमोडा एन्ड जेइको ब्रान्ड सार्वजनिक गरेलगत्तै चेरी इन्टरनेसनलले नेपाली बजारलाई पनि प्राथमिकतामा राख्यो र ओमोडाको ईफाइभ विद्युतीय कार नेपाल आइपुग्यो।

images
images

उहु (अन्हुइ)- तीन/चार दशकअघिसम्म स्वदेशी इन्जिन र गाडी हुनु चिनियाँहरूका लागि सपनाजस्तै थियो। युरोपेली, अमेरिकी तथा जापानी ब्रान्डसँगको संयुक्त उपक्रममा सवारीसाधन उत्पादन हुन थालेर सुरु भएको चिनियाँ सवारी विकास यात्रामा 'चेरी अटोमोबाइल'को निकै महत्वपूर्ण भूमिका छ। चेरीले पहिलोपटक आफ्नै इन्जिन विकास गरेको थियो। 

images
images
images

हाल चेरी होल्डिङका अध्यक्ष रहेका यीन टोङयुले चिनियाँ इन्जिन विकास गरेका थिए। चेरी अटोमोबाइल कम्पनीका रुपमा सन् १९९७ मा स्थापना भएको कम्पनी २०१० मा आइपुग्दा चेरी होल्डिङ ग्रुपका रुपमा स्थापित भइसकेको थियो। यतिबेलासम्म आइपुग्दा चेरीले अटोमोबाइल उद्योगमा ठूलै फड्को मारिसकेको थियो।

images
images

उहुको स्थानीय सरकारको स्वामित्वमा हुइँकिरहेको चेरी अटोमोबाइलले अहिले आईसी इन्जिन कारमात्र नभइ बीईभी(ब्याट्री इलेक्ट्रिक भेहिकल) तथा हाइब्रिड कार उत्पादन गरिरहेको छ। यतिमा मात्र रोकिँदै छैन चेरी, आधुनिक प्रविधिको विकासमा मोबिलिटीलाई सहज र सर्वसुलभ बनाएर विश्वलाई ‘ओ युनिभर्स’को आकारमा बाँध्न चेरीले रोबर्टदेखि उड्ने कारसम्म विकास गरिसकेको छ। यसलाई विभिन्न चरणमा परीक्षण गरिसकेको र अझै परिष्कृत बनाएर प्रतिस्पर्धी विश्वबजारमा निस्कन चेरी अटोमोबाइल ‘रन वे’ मा प्रवेश गरिसकेको छ।

images
images

चेरी ब्रान्डबाट सुरु भएको चेरी अटोमोबाइलको हाइवेमा अहिले विश्व बजारका लागि चेरीसँगै ओमोडा र जेइको ब्रान्डले सांघाईबाट उहु जाँदा फास्ट ट्रेनले पकडेको ३ सय १२ किलोमिटर प्रतिघण्टाकै सरह गति तय गरिसकेको छ। चेरी ब्रान्डमा आईसी इन्जिन कार र ओमोडा/ जेइको ब्रान्डमा बीईभी तथा हाइब्रिड कार लिएर चेरी अटोमोबाइल विश्व यात्रामा छ।

यो यात्रामा चेरीको गति हाइ स्पीड ट्रेनसरह नै किन पनि छ भन्न सकिन्छ भने २०२४ मा चेरी होल्डिङ ग्रुप ‘फर्चुन ग्लोबल ५००’ को सूचीमा प्रवेश पाइसकेको छ। उक्त सूचीको ३८५औँ स्थानमा रहेको कम्पनीको आम्दानी ३९ अर्ब ९ करोड अमेरिकी डलरभन्दा धेरै रहेको थियो। सामान्य गतिले फर्चुन ग्लोबल ५०० को सूचीमा पर्न असम्भव प्रायः छ। 

shanghai auto show 2025 (20).jpg

चिनियाँ बजारका लागि चेरीले एक्सिड, आईकार, चेरी, लक्सिड, एक्सेलेक्टिक्सलगायत ब्रान्डका कार उत्पादन तथा बिक्री गरिरहेको छ। त्यस्तै, चेरी होल्डिङ ग्रुपले अन्य दर्जनौँ चिनियाँ अटोमोबाइल कम्पनीमा समेत लगानी गरेको छ। चेरी अटोमोबाइलले क्युक्यु ब्रान्डको सानो ह्याचब्यक कारसमेत ल्याउँदै छ। आन्तरिक बजार र निर्यात पनि गर्नेगरी चेरीले क्युक्यु ब्रान्डलाई बजारमा उतार्दै छ।    

रिसर्च एन्ड डेभलपमेन्ट र डिजाइन

चेरीले नवीनतम प्रविधिको विकासका लागि ठूलो लगानी गरिरहेको छ। कम्पनीले हरेक वर्ष औसतमा आरएन्डडीमा आफ्नो कुल बिक्री आम्दानीको करिब ७ प्रतिशत लगानी गरिरहेको छ। आफ्नो हेडक्वाटर रहेको अन्हुइ प्रान्तको उहुमा मुख्य आरएन्डडी केन्द्र छ भने चीनकै जियाङसु प्रान्तमा अर्को आरएन्डडी सेन्टर छ।

चीनबाहिर जर्मनीमा चेरीले २०१८ मा स्थापना गरेको आरएन्डडी सेन्टर २०१९ बाट सञ्चालनमा आएको थियो। सुरुमा ३०/५० जना रहेको उक्त आरएन्डडी सेन्टरमा २०२४ को अन्त्यसम्ममा पुग्दा १ सय २० जनाभन्दा बढीले काम गरिरहेका छन्।

यतिमात्र होइन सप्लाइ चेन व्यवस्थित बनाउन चेरीले अमेरिका, जर्मनी, अस्ट्रेलिया, फ्रान्सलगायत देशका कम्पोनेन्ट उत्पादकसँग सहअस्तित्वसहितको सम्झौता गरेर बलियो सप्लाइ चेन विकास गरेको छ। जसले गुणस्तरीय र पर्याप्त सवारी उत्पादनमा सहयोग गरिरहेको छ।

चेरी र यसअन्तर्गतका ब्रान्डहरुको कार निकै आकर्षक डिजाइनयुक्त छन्। डिजाइनमा चेरीले धेरै काम गर्दै आएको छ। २०१२ मा कम्पनीले जनरल मोटर्सका पूर्वडिजाइनर जेम्स होपलाई नियुक्त गरेको थियो। त्यसयता चेरीले विश्वप्रसिद्ध सवारी उत्पादक पोर्सा, माज्दालगायतका डिजाइनरहरुलाई ल्याएको छ।

सन् २०२३ सम्म आइपुग्दा चेरीसँग ६ वटा डिजाइन सेन्टर छन्। एउटा उहुमा, दुईवटा सांघाईमा र बाँकी तीनवटा जर्मनीमा रहेका छन्। 

omoda3.jpeg

चेरीले आगामी अक्टोबरमा बिक्रीका लागि सार्वजनिक गर्ने नयाँ कार ओमोडा थ्रीले चेरीको डिजाइन अब्बलता झल्काउँछ। स्टारसिप ककपिटदेखि मनै तिलमिल्याउने डिजाइनमा ओमोडा थ्री तयार भएको छ।

चेरीले विश्वभरका ३ हजारभन्दा बढी डिलर प्रतिनिधि र मिडियासामु अप्रिल अन्तिम साता ‘इन्टरनेसनल बिजनेस समिट २०२५’ मा ओमोडा थ्री र ओमोडा सेभेन हाइब्रिड कार सार्वजनिक गरेको थियो। 

चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ता

चेरी अटोमोबाइल चीनबाट सबैभन्दा धेरै सवारी निर्यात गर्ने कम्पनी हो। चेरीले २००१ को पूर्वार्धतिरबाट मध्यपूर्वमा सवारी पठाएर निर्यात थालेको थियो। २००३ मा पुग्दा चेरी चीनबाट कार निर्यात गर्ने कम्पनीहरुमध्ये पहिलो नम्बरमा पुग्न सफल भएको थियो, जुन ताज २२ वर्षदेखि निरन्तर चेरी अटोमोबाइलले आफ्नै शिरमा जोगाइराख्न सफल भइरहेको छ।

२०२४ सम्म आइपुग्दा चेरीले नेपालसहित विश्वभरका ८० भन्दा बढी देशमा कार निर्यात गर्दै आइरहेको छ। चेरीको मुख्य निर्यात बजार रुस, दक्षिण अमेरिका र मध्यपूर्व रहेका छन्। विद्युतीय सवारीको विकास बढेकाले नेपालसहितका बजार पनि चेरीका लागि महत्वपूर्ण बनिरहेका छन्।

२०२४ मा चेरी अटोमोबाइलले २६ लाख ३ हजार ९ सय १६ वटा सवारी उत्पादन गरेको थियो। यसमध्ये ठूलो हिस्सा निर्यात भएको थियो। 

ज्यागुअर ल्यान्ड रोभरसँग संयुक्त उपक्रम

२०१२ मा चेरी र बलायती विलासी कार निर्माता कम्पनी ज्यागुअर ल्यान्ड रोभरले जोइन्ट भेन्चर(संयुक्त उपक्रम)मा चेरी ज्यागुअर ल्यान्ड रोभर कम्पनी स्थापना गरे। चिनियाँ बजारमा सवारी उत्पादन गरेर बिक्री गर्नका लागि दुई कम्पनीले मिलेर २ अर्ब ७८ करोड अमेरिकी डलर सुरुवाती क्रममा लगानी गरेका थिए।

चेरी अटोमोबाइल र जेएलआर युकेको समान हिस्सेदारीमा बनेको कम्पनीले २०१४ मा चीनमा बनेको रेन्ज रोभर इभोक उत्पादन गरेको थियो। चेरीसँगको सहकार्यमा जेएलआरले बेलायत बाहिर कार उत्पादन गरेको पहिलो चीनमै थियो। चीनको जियाङ्सुमा चेरी ज्यागुअर ल्यान्ड रोभरको प्लान्टबाट अहिले पनि कार उत्पादन भइरहेको छ। 

ज्यागुअर ल्यान्ड रोभरले चेरी अटोमोबाइलको ईभी प्लेटफर्म प्रयोग गर्नेगरी दुई कम्पनीबीच समझदारीसमेत भएको छ। यो साझेदारीसँगै जेएलआरले विश्वव्यापीरुपमा उत्पादन हुने आफ्ना ईभीमा चेरीले विकास गरेको ईभी प्लेटफर्म प्रयोग गर्न पाउनेछ। जेएलआरले उत्पादन गर्न लागेका विद्युतीय कारमा चेरीको ईभी प्लेटर्फ प्रयोग भएर आउँदैछ।

२०२४ जुनमा जेएलआर र चेरीबीच संयुक्त उपक्रमलाई अभिवृद्धि गर्नेगरी पनि सम्झौता भएको थियो। चेरी ज्यागुअर ल्यान्ड रोभरले चीनमा सवारीको विद्युतीकरणमा केन्द्रित हुनेगरी काम गरिरहेको छ। चेरीको मोडुलर ईभी प्लेटफर्ममा फ्रिल्यान्डर ब्रान्डलाई पुनर्जाग्रित गरेर ई-एक्स र एमथ्रीएक्स आर्किचेक्टर प्रयोगमा ल्याउने छन्। 

एसपीजी अटोमोबाइलसँगको सहकार्यमा नेपालमा बलियो उपस्थिति

व्यावसायिक घराना शारडा समूहअन्तर्गतको एसपीजी अटोमोबाइल्स प्रालि २०२१ मा चेरी ब्रान्डको आधिकारिक बिक्रेता नियुक्त भएको थियो। त्यसअघि पनि चेरीका कार नेपाली बजारमा उपलब्ध थियो। तर विविध कारणले सर्भिस र पार्टस् नभएर उपभोक्ता समस्यामा थिए।

एसपीजी चेरीको आधिकारिक बिक्रेता नियुक्त भएसँगै सर्भिस र पार्टस त उपभोक्ताले सहजै पाए नै। त्योसँगै नयाँ कार पनि नेपाली बजारमा उपलब्ध भयो। सुरुमा चेरीको टिग्गो आईसी इन्जिनमा नेपाल आयो।

jaecoo j5 ev.jpeg

त्यसको केही समयपछि चेरीले अन्तर्राष्ट्रिय बजारका लागि विद्युतीय सवारी बनायो र निर्यात थाल्यो। ओमोडा एन्ड जेइको ब्रान्ड सार्वजनिक गरेलगत्तै चेरी इन्टरनेसनलले नेपाली बजारलाई पनि प्राथमिकतामा राख्यो र ओमोडाको ईफाइभ विद्युतीय कार नेपाल आइपुग्यो। त्यसको ६ महिनापछि जेइको ब्रान्डको जे सिक्स विद्युतीय एसयूभी नेपाल आइपुग्दा धेरै उपभोक्ताको रोजाइमा यो कार पर्न सफल भयो।

ओमोडा तथा जेइको नेपाल आएको एक वर्षमा एसपीजीले ८ सयभन्दा बढी ‘ह्याप्पी कस्टुमर’ पायो। यसको मुख्य कारण हो चेरीले उत्पादन गरेका गुणस्तरीय र उच्च प्रविधियुक्त सवारी र एसपीजी अटोमोबाइलको नेपाली बजारमा रहेको बलियो लिगेसीले उक्त सफलता मिलेको हो।

एसपीजीले विद्युतीय कार बिक्रीसँगै बिक्रीपछिको सेवा र चार्जिङ नेटवर्क विस्तारमा राम्रो लगानी गरेको छ। फलस्वरुप चेरीको ओमोडा तथा जेइको ब्रान्डप्रति विश्वस्त भएर उपभोक्ताले गाडी खरिद गरिरहेका छन्। 

उहुमै ४ वटा उत्पादन प्लान्ट, एक मिनेटमा तयार हुन्छ कार 

चेरी अटोमोबाइलको हेडक्वाटर चीनको अन्हुइ प्रान्तको उहुमा रहेको छ। उहुमै चेरीका ४ वटा उत्पादन प्लान्ट रहेका छन्। एसेम्ब्ली सप, वेल्डिङ सप, पेन्ट सप, डिजाइन सेन्टर तथा आरएन्डडी सेन्टर पनि छन्। 

अर्ध रोबटिक उत्पादन प्लान्ट रहेको उहुमा चेरीले एउटै एसेम्ब्ली लाइनबाट एकै पटक अलग अलग कार उत्पादन गर्ने अत्याधुनिक प्रविधि प्रयोग गरेको छ। उहुको एउटा प्लान्टले हरेक मिनेट एउटा कार उत्पादन गरिरहेको छ। 

नयाँ मोडलको बहार

सांघाई अटो शो २०२५ चेरी ग्रपअन्तर्गतका सबै ब्रान्डका १६ नयाँ मोडल देखाएको थियो। चेरी ग्रुप अन्तर्गतका ५ ब्राण्डले कुल ५३ वटा मोडल अटो सांघाईमा राखेका थिए।

चेरी ग्रुपअन्तर्गत चेरी, एक्सिड, जेटोर, आईकार र लक्जिड ब्राण्डले अटोशोमा नयाँ मोडल राखेका थिए। जसमा चेरीको ब्राण्डले १६ नयाँ मोडल देखाएको थियो। 

chery QQ.jpeg

चेरीले आकर्षण रि-डिजाइन गरेको क्युक्यु कम्प्याक्ट विद्युतीय कार, फेङयुन ए ९ सेडान तथा टिगो ९ एल एसयूभी कन्सेप्ट देखाएको थियो। त्यस्तै, चेरीको लाइनअपमा इन्टरनल कम्बस्चन इन्जिन, हाइब्रिड र ब्याट्रीमा आधारित विद्युतीय कारसहित सबै पावर अप्सन उपलब्ध रहेको छ। 

चेरीको अर्को ब्राण्ड आईकारले नयाँ कलर अप्सनको भी२३ एसयूभी, पिकअप र कन्भर्टिबल कन्सेप्ट मोडल देखाएको थियो। त्यस्तै चेरीले हिमला ब्रान्डमा पिकअपसमेत सार्वजनिक गरेको छ। 

चेरीले इलेक्ट्रिफिकेसन, अर्टिफिसियल इन्टेलिजेन्स, सस्टेनिबिलिटी र ग्लोबलाइजेसन जस्ता क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहने जनाएको छ।

यसमा नयाँ ब्याट्री र मोटर टेक्नलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमको साथमा सस्टेनेबल मेटिरियलको प्रयोग गरेर सवारी उत्पादन गर्ने दाबी गरेको छ।

यसले चेरी अटोमोबाइल विश्वभरस्तरीय, वातावरणमैत्री, अत्याधुनिक प्रविधियुक्त र किफायती मोबिलिटी सोलुसन उपलब्ध गराउन प्रतिबद्ध रहेको प्रस्ट्याउँछ। 


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend