सोमबार, वैशाख २२ गते २०८२    
सोमबार, वैशाख २२ २०८२
images
images

सबै मिलेर श्रमिकको आवश्यकता पूरा गर्नुपर्छ : मन्त्री शाह

images
सोमबार, वैशाख २२ २०८२
images
सबै मिलेर श्रमिकको आवश्यकता पूरा गर्नुपर्छ : मन्त्री शाह

नेपालको संविधानले श्रमिकलाई मर्यादित श्रम, सामाजिक सुरक्षा र समानताको अधिकार सुनिश्चित गरेको उनकाे भनाइ छ।

images
images

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले नीति निर्माता, जनप्रतिनिधि, सरोकारवाला संघसंस्था र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दै श्रमिकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

images
images
images

युथ एड्भोकसी नेपाल र नेपाल महिला एकता समाजले यहाँ आज आयोजना गरेको ‘जलवायु न्याय तथा मर्यादित श्रम अभियान सम्मेलन-२०२५’ को उद्घाटन गर्दै मन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। साथै श्रमिकलाई केवल उत्पादन शक्ति मात्र नभई सम्मानित नागरिकका रूपमा हेर्ने दृष्टिकोण बनाउनुपर्ने आवश्यकता उनले औँल्याए।

images
images

नेपालको संविधानले श्रमिकलाई मर्यादित श्रम, सामाजिक सुरक्षा र समानताको अधिकार सुनिश्चित गरेको उनकाे भनाइ छ। त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न पहल गर्नुपर्नेमा मन्त्री शाहले जोड दिएका छन्। जलवायु परिवर्तनका असरहरू नेपालजस्तो विकासोन्मुख मुलुकमा झनै गम्भीर भएको उल्लेख गरे।

images
images

‘नेपालमा करिब ८५ प्रतिशत श्रमिक अनौपचारिक क्षेत्रमै संलग्न छन्, जसमा ९० प्रतिशतभन्दा बढी महिला श्रमिक छन्’ उनले भने, ‘यी तथ्यांक आफैँमा अत्यन्त गम्भीर संकेत हुन्, श्रमिक अधिकारको सवालमा नीतिगत तवरबाटै प्राथमिकता दिनुपर्दछ।’

मन्त्री सुडीले जलवायु संकटको सामना गर्न समान र न्यायपूर्ण नीति लागु गर्न सबै मिलेर अघि बढ्न आह्वानसमेत गरेका छन्। युथ एड्भोकसी नेपालका अध्यक्ष गणेश धामीले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले मर्यादित श्रम र जलवायुसम्बन्धी काठमाडौं घोषणापत्र जारी गर्ने जानकारी दिए। रासस 


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend