बैतडी- विद्युत् सर्ट भएर बैतडीमा सोमबार बिहान एक घरमा आगलागी भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा आगलागी भएको हाे।
आगलागीबाट १३ लाख रुपैयाँ बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। बिहान ८ : ३० बजेतिर विद्युत् सर्ट भएर भट्टको घरमा आगलागी भएको हो।
आगलागीबाट घरको दोस्रो तलामा क्षति पुग्नुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएका भएका छन्। प्रहरी चौकी गुरुखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस