शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नारायणघाट-बुटवल र कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

images
आइतबार, वैशाख २१ २०८२
images
नारायणघाट-बुटवल र कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
फाइल तस्बिर

सडक पूर्ण रूपमा अवरुद्ध भएको पछि यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

images
images

नवलपुर- शनिबार रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक अवरुद्ध भएको छ। विस्तारका क्रममा रहेको सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको हो।

images
images
images

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार शिनबार रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएको छ। सडक पूर्ण रूपमा अवरुद्ध भएको पछि यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्नसमेत प्रहरीले आग्रह गरेको छ।

images
images

सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ। रातिदेखि नै बन्द भएको यस सडकमा सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए।

images
images

कान्ति लोकपथ अवरुद्ध

त्यस्तै शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ पनि अवरुद्ध भएको छ। वर्षाले मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगेपछि सडक अवरुद्ध भएको हो। डाइभर्सन बगाएपछि आइतबार बिहान ६ बजेदेखि कान्तिलोकपथ अवरुद्ध छ।

अहिले प्रहरी टोली खटेर अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। प्रहरीले  यात्रुलाई हेटौंडाबाट काठमाडौं जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २१ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend