बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एआई विकासमा कुन देशका निजी क्षेत्रले कति लगानी गरेका छन्?

आइतबार, वैशाख २१ २०८२
एआई विकासमा कुन देशका निजी क्षेत्रले कति लगानी गरेका छन्?

जसअनुसार उक्त अवधिमा निजी क्षेत्रबाट अमेरिकामा सबैभन्दा ४ अर्ब ७१ अर्ब डलर लगानी भएको छ।

काठमाडौं- एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स अहिले संसारभर सर्वाधिक चर्चामा रहेको विषय हो। प्रविधिको विकाससँगै एआईमा संसारभर लगानी बढ्दो क्रममा रहेको छ। कामलाई सहज बनाउन र अन्य धेरै कुरामा एआईको प्रयोग बड्दै गइरहेको छ। 

एआईलाई अझ चुस्त र प्रभावकारी बनाउन विकसित देश तथा सूचना प्रविधि कम्पनीहरुले लगानी खन्याइ रहेका छन्। अहिलेभन्दा फारक भविष्य सुनिश्चित गर्न विकसित मुलुकहरुले एआईमा लगानी बढाइरहेका हुन्। 

इनोभेटिभ इकोसिस्टमलाई थप मजबुत बनाउन एआईमा ठूलो लगानी भइरहेको छ। चमत्कारिक अनुसन्धानबाट दीर्घकालिन आर्थिक विकासमा सहयोग पुगोस भनेर एआईमाथि लगानी थपिँदै गइरहेको छ। 

२०१३ देखि २०२५ सम्ममा देशहरुले एआईमा ठूलो लगानी गरेका छन्। २०२५ एआई इन्डेक्स रिपोर्टको तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले देश र लगानीको सूची तयार पारेको छ। जसअनुसार उक्त अवधिमा निजी क्षेत्रबाट अमेरिकामा सबैभन्दा ४ अर्ब ७१ अर्ब डलर लगानी भएको छ। 

अमेरिका- ४७१ अर्ब डलर 

चीन- ११९ अर्ब डलर 

बेलायत- २८ अर्ब डलर 

क्यानडा- १५ अर्ब डलर 

इज्रायल- १५ अर्ब डलर 

जर्मनी- १३ अर्ब डलर  

भारत- ११ अर्ब डलर 

फ्रान्स- ११ अर्ब डलर 

दक्षिण कोरिया- ९ अर्ब डलर 

सिंगापुर- ७ अर्ब डलर 

स्वीडेन- ७ अर्ब डलर 

जपान- ६ अर्ब डलर 

अस्ट्रेलिया- ४ अर्ब डलर 

यो तथ्यांकबाट के देखिन्छ भने अमेरिकको निजी क्षेत्रले २०१३ देखि २०२४ को अवधिमा करिब हाफ ट्रिलिय डलर एआईमा लगानी गरेको देखिन्छ। यो लगानी बाँकी विश्वका देशले गरेको लगानीभन्दा धेरै हो। 

२०१३ देखि २०२४ सम्ममा संसारमा कति एआईसँग सम्बन्धित नयाँ कम्पनीहरु स्थापना भए होलान् त? संसारभर स्टार्टअप कम्पनीहरु खुल्ने लहर नै चलेको छ। धेरै लगानी भएका देशमै धेरै स्टार्टअप खुल्नु स्वभाविक पनि हो। यी हुन् २०१३ देखि २०२४ सम्म धेरै एआई स्टार्टअप खुल्ने देश र स्टार्टअप कम्पनीको संख्या : 

अमेरिका- ६ हजार ९ सय ५६

चीन- १ हजार ६ सय ५

बेलायत- ८ सय ८५

इज्रायल- ४ सय ९२

क्यानडा- ४ सय ८१

फ्रान्स- ४ सय ६८

भारत- ४ सय ३४

जर्मनी- ३ सय ९४

जापान- ३ सय ८८

दक्षिण कोरिया- २ सय ७०

सिंगापुर- २ सय ३९

अस्ट्रेलिया- १ सय ७८

स्वीजरल्यान्ड- १ सय ५४

स्पेन- १ सय १७

नेदरल्यान्ड- १ सय १६

अमेरिकामा २०२४ मामात्रै १ हजार  ७३ वटा नयाँ एआई कम्पनी स्थापना भएका थिए। 


प्रकाशित : आइतबार, वैशाख २१ २०८२१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend