शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

कालीमाटी बजारमा आज सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ

images
शनिबार, वैशाख २० २०८२
images
कालीमाटी बजारमा आज सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि प्रमुख सागसब्जी, फलफूल, मसला तथा अन्य कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

images
images

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि प्रमुख सागसब्जी, फलफूल, मसला तथा अन्य कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

images
images
images

तरकारीतर्फ गोलभेँडाको मूल्यमा फरक देखिएको छ। ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ र भारतीय गोलभेँडा ६० रुपैयाँमा बिक्री भइरहेको छ भने सानो लोकल गोलभेँडा २५ रुपैयाँ र तराई गोलभेँडा ४५ रुपैयाँमा छ। आलु रातो नेपाली ३५ रुपैयाँ र भारतीय ३८ रुपैयाँ, प्याज (भारतीय) ३८ रुपैयाँ, गाजर (लोकल) ४० रुपैयाँ र तराई गाजर २५ रुपैयाँमा बिक्री भइरहेको छ।

images
images

बन्दा (लोकल) १५ रुपैयाँ, नरिवल बन्दा २० रुपैयाँ, काउली (स्थानीय) ५० रुपैयाँ, मूला रातो ४५ रुपैयाँ, सेतो मूला लोकल २० रुपैयाँ र हाइब्रिड मूला ३० रुपैयाँ कायम छ। भन्टा लाम्चो ३० रुपैयाँ, डल्लो ५० रुपैयाँ, बोडी ८० रुपैयाँ, मटरकोसा १०० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, भटमास कोसा १५० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका २० रुपैयाँ, परबर ५० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ४० रुपैयाँ, झिगुनी ८० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, सलगम ८० रुपैयाँ, भिण्डी ५० रुपैयाँ रहेको छ।

images
images

साग र कन्दमूलतर्फ सखरखण्ड ६० रुपैयाँ, बरेला ५० रुपैयाँ, पिँडालु ९० रुपैयाँ, स्कूस ५० रुपैयाँ, रायो साग ६० रुपैयाँ, पालुङ्गो, चमसुर र मेथी साग १०० रुपैयाँ, तोरी साग ३५ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, बकुला ५० रुपैयाँ, तरुल १०० रुपैयाँ, कन्य च्याउ २२० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो ६०० रुपैयाँ कायम गरिएको छ।

ब्रोकाउली १०० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, सजीवन साग १०० रुपैयाँ, कोइरालो २५० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, जिरी साग ६५ रुपैयाँ, ग्याठकोभी ६० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, सौफ साग १२० रुपैयाँ, पुदिना २५० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, इमली १७० रुपैयाँ, तामा १०० रुपैयाँ, तोफु १४० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँमा थोक बिक्री भइहेको छ।

फलफूलमा स्याउ (झोले) २५० रुपैयाँ, फूजी ३४० रुपैयाँ, केरा दर्जनको १६० रुपैयाँ, कागती २९० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर हरियो २०० रुपैयाँ, कालो अङ्गुर २५० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, तरबुजा ५० रुपैयाँ, मौसम र जुनार २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो लोकल ६० रुपैयाँ, हाइब्रिड ३० रुपैयाँ, रुख कटहर ८० रुपैयाँ, निबुवा ५० रुपैयाँ, नासपाती (चाइनिज) २६० रुपैयाँ, मेवा नेपाली ५० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, अम्बा १२० रुपैयाँ, लप्सी ८० रुपैयाँ, उखु प्रतिगोटा ८० रुपैयाँ, स्ट्रबेरी २५० रुपैयाँ, किबी ४५० रुपैयाँ, आभोकाडो ६५० रुपैयाँ, अमला १०० रुपैयाँ रहेको छ।

मसला तथा अन्य सामग्रीमा अदुवा १०० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, बुलेट खुर्सानी ६० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, अकबरे खुर्सानी ४०० रुपैयाँ, भेडे खुर्सानी ९० रुपैयाँ, लसुन हरियो १०० रुपैयाँ, हरियो धनिया १८० रुपैयाँ, चाइनिज लसुन (सुकेको) ३२० रुपैयाँ, नेपाली लसुन (सुकेको) ३०० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, बचुवा २६० रुपैयाँ, छडी २४० रुपैयाँ, रुख टमाटर १६० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँमा बिक्री भइरहेको छ।

कालीमाटी बजार विकास समितिका अनुसार माग र आपूर्तिको अवस्था अनुसार मूल्यमा दैनिक परिवर्तन सम्भव हुने हुँदा नियमित रूपमा मूल्य जानकारी लिन उपभोक्तालाई अनुरोध गरिएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २० २०८२०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend