शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अमेरिकी राष्ट्रपति बाइडेन र टेस्ला सीईओ मस्क दुवै इभी प्रेमी, तर किन छैनन् एकै ठाउँ 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
अमेरिकी राष्ट्रपति बाइडेन र टेस्ला सीईओ मस्क दुवै इभी प्रेमी, तर किन छैनन् एकै ठाउँ 

यस विषयमा मस्कले ‘बाइडेन यूएडब्लूको कठपुतली रहेछन्’ भन्दै ट्वीट गरेका थिए। 

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन विद्युतीय कार प्रेमी हुन्। उनको चाहना छ २०३० सम्म अमेरिकामा बिक्री हुने कुल कार मध्ये ५० प्रतिशत विद्युतीय होस्। यो आँकडाको लक्ष्य भेट्न बाइडेनले विद्युतीय कारमा विभिन्न सहुलियत दिइरहेका छन्। 

सहुलियतमा विद्युतीय कार खरिदकर्ताका लागि कर छुटदेखि चार्जिङ स्टेसन निर्माणमा सरकारले सहयोग गरिरहेको छ। तर विद्युतीय कार प्रेमी उनै बाइडेन अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला प्रति भने प्रेम न घृणाको दोसाँधमा रहेका छन्। 

टेस्लाले विद्युतीय कारमा उत्पादन र यसको प्रविधिका बारेमा विश्वभर ख्याति बढ्दै गइरहेको छ। हालसम्मको अवस्थामा टेस्ला विश्वको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक कम्पनी हो। यद्यपी बाइडेन र मस्कबीच अहिलेसम्म सम्वादहीनताको अवस्था कायमै छ। 

बाइडेनले विद्युतीय सवारी उत्पादकहरुसँग कुरा गरिरहेकै छन्। विभिन्न ब्रान्डका विद्युतीय सवारीको प्रवद्र्धन समेत गरिरहेका छन्। तर टेस्लाका उत्पादकसँग कुनै सम्वाद नहुनु र टेस्लाका उत्पादन बारे बाइडेन नबोल्नुले गम्भीर प्रश्न उब्जिएको सीएनएनले लेखेको छ। 

युनाइटेड अटो वर्कर्स (यूएडब्लू) विद्युतीय सवारीमा जाँदा हुनसक्ने रोजगारी कटौतीको बारेमा वृहत चासो राखेको थियो। विद्युतीय सवारीको एसेम्बल गर्दा आईसीई इन्जिनको तुलनामा केही कम कामदार भए पुग्छ। फोर्डले हाल उत्पादन गरिरहेको कारको तुलनामा विद्युतीय कार उत्पादन गर्दा ३० प्रतिशत कम कामदार भए पुग्ने अनुमान सहित काम गरिहेको छ। 

विद्युतीय सवारी उत्पादकहरुले संयुक्त रुपमा ब्याट्री उत्पादनमा लागि परेका छन्। यसले पनि रोजगारीका अवसर कटौती हुने अनुमान गरिएको छ। यूएडब्लूका अध्यक्ष रे कुरीले ह्वाइट हाउसमा बाइडेनका लागि ईभी समिट गरेका थिए, जहाँ जनरल मोटर्स, फोर्ड, स्टेलेन्टिसका सीईओहरुसमेत सहभागी थिए। यो मिटिङ २०२१ अगस्टमा भएको थियो। सो मिटिङमा टेस्लाका सीईओ एलन मस्कलाई भने निम्त्याइएको थिएन। 

टेस्लाका कामदारहरु असंगठित रुपमा रहेका छन्। यही कारण पनि टेस्लाका सीईओलाई नबोलाइएको हुनसक्ने अनुमान गरिएको छ। टेस्लाका सीईओ मस्क अटो वर्करहरुको संगठित गर्ने कुराको विपक्षमा छन्। उनी यो विषयमा अमेरिकी ठूला कार उत्पादक कम्पनीका सीईओको भन्दा भिन्न मत राख्दै आएका छन्। 

मस्क भर्सेस यूएडब्लू

मस्कलाई अमेरिकी नेशनल लेबर रिलेसन बोर्डले पटक पटक निर्देशन दिइरहेको छ। यूएडब्लूले समेत टेस्लाका कर्मचारीलाई अर्गनाइज गर्ने विषयमा क्याम्पेन गर्दै आएको छ। तर मस्कले उक्त विषयलाई पन्छाउँदै र समर्थकहरुप्रति असहमती जनाउँदै आएका छन्।  

श्रमिकसँग रकम उठाएर आफ्ना मुद्दामा लड्ने नयाँ नारा यूएडब्लू तय गरेको छ भन्दै मस्कले गएको नोभेम्बरमा ट्वीट गरेका थिए। यूएडब्लू र बाइडेनको सम्बन्ध कस्तो छ भन्ने कुरा हालसम्म टेस्लाले सरकारबाट कुनै सहुलियत नपाएको मस्कले बताएका छन्। यस विषयमा मस्कले ‘बाइडेन यूएडब्लूको कठपुतली रहेछन्’ भन्दै ट्वीट गरेका थिए। 

अमेरिकी सरकारले विद्युतीय कार किन्ने उपभोक्तालाई कर छुट दिएको र विद्युतीय कार चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिरहेको छ। युनियनाइज्ड लेबर प्रयोग गरेर बनाइएका विद्युतीय कार किन्नेहरुका लागि यो सुविधा उपलब्ध हुने छ। 

टेस्लाले भने सरकारको उक्त अवधारणमा असहमति जनाउँदै आएको छ। मस्कले सरकारले आफ्नो कम्पनीलाई सहयोग नगरेका कारण उक्त कार्यक्रमलाई सहयोग नहुने प्रष्ट्याइसकेका छन्। 

बाइडेनले गएको महिना फोर्ड र जनरल मोटर्सका सीईओलाई बोलाएर विद्युतीय कार र बिउल्ड ब्याक बेटर कार्यक्रमका बारेमा जानकारी लिएका थिए। यो छलफलमा समेत मस्क नित्याइएनन्। 

मस्क र बाइडेनबीच करको विषयमा लफडा भएको हो। उनले राज्यलाई ११ अर्ब कर बुझाउन टेस्लाको सेयर बिक्री गरेका थिए। कोभिडको समयमा सरकारले कसिकसाउ गरेको मस्कले बताउँदै आएका छन्।


प्रकाशित : मंगलबार, माघ २५ २०७८०३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend