शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

images
शुक्रबार, वैशाख १९ २०८२
images
पूर्वपश्चिम राजमार्ग अवरुद्ध

यात्रुबाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ।

images
images

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ।

images
images
images

शुक्रबार बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएको थियो।

images
images

जसका कारण राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालबाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन्।

images
images

यात्रुबाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ। अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend