शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

विदेशबाट फर्किएर मौरीपालन, २५ घारबाट सुरु गरेको व्यवसाय १५० घारसम्म पुर्‍याउने योजना

images
बिहीबार , वैशाख १८ २०८२
images
विदेशबाट फर्किएर मौरीपालन, २५ घारबाट सुरु गरेको व्यवसाय १५० घारसम्म पुर्‍याउने योजना

उनले करिब २५ घारबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले १ सय ३५ घार पुर्‍याएका छन्।

images
images

चितवन- पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लीन छन्। विगत ६ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेका हुन्।

images
images
images

राप्ती-५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचे जस्तो राम्रो नभएपछि नेपाल फर्किएको र उनी नेपाल आएर मौरीपालन व्यवसायमा लागेका हुन्। उनले करिब २५ घारबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले १ सय ३५ घार पुर्‍याएका छन्।

images
images

विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उनले यो व्यवसाय सुरु गरेका हुन्। उनले भने, 'अहिले पनि कहिलेकाहीँ कमाउनका लागि विदेश जाउँकी भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ।'

images
images

परिवारले सामान्यरुपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उनले व्यावसायिकरुपमा मौरीपालन गरेका छन्। आरकेएम पशुपक्षी कृषि फर्म दर्ता गरेर उनले मौरीपालन व्यवसाय सुरु गरेका हुन्। उनले भने, 'नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ।'

मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उनले बताए। चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ। मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उनको भनाइ छ।

आफ्नो ससुरा बाले गरेको देखेर उत्साहित भएर मौरीपालन गर्न सुरु गरेका मुक्तानले अहिले वार्षिक एक हजार ९५० किलो मह उत्पादन गर्दै आएका छन्। घारलाई बढाएर १५० पुर्‍याउने योजना उनको रहेको छ। सुरुवातमा व्यवसायमा सोचे जस्तो नहुँदा निराश भएका मुक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० घार र कृषि विकास कार्यालयले कृषि उद्यमशीलता कार्यक्रमअन्तर्गत ९० घार सहयोग गरेपछि उनले मौरीपालन व्यवसायलाई अझै प्रभावकारीरुपमा अघि बढाएका छन्।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फर्किएका युवालाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रमअन्तर्गत युवाहरुलाई समेटिएको बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend