शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्थानीय तहको चुनाव बैशाख ३० गते हुने

सोमबार, माघ २४ २०७८
स्थानीय तहको चुनाव बैशाख ३० गते हुने

काठमाडौं- सरकारले स्थानीय तहको चुनाव आउँदो बैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गर्दा जेठ ४ मा चुनाव गर्ने बिषयमा कुराकानी भएको थियो। अहिले दलहरूसँगको छलफलपछि बैशाख ३० का लागि मिति तोकिएको हो। 

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो। राजनीतिक दलबीच संविधान र कानूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाइ र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदै आएको थियो।


प्रकाशित : सोमबार, माघ २४ २०७८१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend