शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

कैलालीमा गहुँ उत्पादन घट्यो

images
बिहीबार , वैशाख १८ २०८२
images
कैलालीमा गहुँ उत्पादन घट्यो

कैलालीमा गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादकत्व पनि घटेको छ।

images
images

कैलाली- गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुईसय ९८ मेट्रिकटनले गहुँ उत्पादन घटेको छ।

images
images
images

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १४ मेट्रिकटन उत्पादन भएको छ। गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो।

images
images

गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादकत्व पनि घटेको छ। गत वर्ष गहुँको उत्पादकत्व तीन दशमलव ४२ मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष तीन दशमलव ३५ मेट्रिक टन प्रतिहेक्टर भएको सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जानकारी दिए।

images
images

'उत्पादनमा केही कमी आएको छ। पानी आवश्यक पर्ने बेलामा वर्षा कम भयो, सबै किसानले उन्नत जातको बीउ प्रयोग नगर्दा उत्पादन घटेको हो', कार्यालयले उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराउँदै आएको जानकारी दिँदै सूचना अधिकारी ओझाले भने। रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend