शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

बिहीबार , वैशाख १८ २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार नेपाली तथा आयातित कृषिउपजका विभिन्न वस्तुहरूको मूल्य निर्धारण गरिएको हो।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार नेपाली तथा आयातित कृषिउपजका विभिन्न वस्तुहरूको मूल्य निर्धारण गरिएको हो।

आज तोकिएको मूल्यअनुसार तरकारीमा नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ६० रुपैयाँ, सानो लोकल गोलभेँडा २५ रुपैयाँ, सानो तराई गोलभेँडा ४५ रुपैयाँमा उपलब्ध छ। आलु रातो ३२ रुपैयाँ, भारतीय आलु रातो ३८ रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ र तराई गाजर २५ रुपैयाँमा बिक्री भइरहेको छ।

यस्तै, बन्दा (लोकल) १५ रुपैयाँ, बन्दा (नरिवल) २० रुपैयाँ, काउली ३५ रुपैयाँ, सेतो मूला (लोकल) २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, बोडी ८० रुपैयाँ, घिउ सिमी र टाटे सिमी ७०–९० रुपैयाँ, मटरकोसा १२० रुपैयाँ, भटमास कोसा १५० रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका २५ रुपैयाँ, परबर ८० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, फर्सी (हरियो र पाकेको) ३०–५० रुपैयाँ र भिण्डी ६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

पिँडालु ९० रुपैयाँ, स्कूस ५० रुपैयाँ, रायो, पालुङ्गो, मेथी, चमसुर लगायतका साग ६०–१०० रुपैयाँ, च्याउ (कन्य) २४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो ६०० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँमा किन्न सकिनेछ।

फलफूलमा स्याउ (झोले) २५० रुपैयाँ, फूजी स्याउ ३४० रुपैयाँ, केरा प्रति दर्जन १६० रुपैयाँ, कागती ३०० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर २००–२५० रुपैयाँ, सुन्तला १४० रुपैयाँ, तरबुजा ५० रुपैयाँ, जुनार र मौसम २०० रुपैयाँ, काँक्रो (लोकल) ८० र हाइब्रिड ४० रुपैयाँमा निर्धारण गरिएको छ।

त्यस्तै, अदुवा १३० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ, हरियो खुर्सानी ७०–८० रुपैयाँ, अकबरे खुर्सानी ४०० रुपैयाँ, लसुन (चाइनिज) ३२० रुपैयाँ र नेपाली लसुन ३०० रुपैयाँमा तोकिएको छ। माछामा रहु माछा ३२० रुपैयाँ, बचुवा २६० रुपैयाँ र छडी २४० रुपैयाँ प्रतिकिलोमा निर्धारण गरिएको छ।

कालीमाटी बजार समितिका अनुसार यी मूल्यहरू अधिकतम थोक दर हुन् र बजार परिस्थितिअनुसार दैनिक रूपमा समायोजन हुन सक्ने छन्। रासस

 


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२०८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend