बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बुधबार, वैशाख १७ २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो

निगमका अनुसार समायोजन गरिएको मूल्य राति १२ बजेबाट लागुनहुने छ। योपटक निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले भारतबाट आएको नयाँ सूचीमा मूल्य घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरेको हो।

निगमका अनुसार समायोजन गरिएको मूल्य राति १२ बजेबाट लागुनहुने छ। योपटक निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ, मट्टितेल र डिजेलमा प्रतिलिटर १/१ रूपैयाँ मूल्य घटाइएको छ।

अब पेट्रोल प्रतिलिटर १ सय ५८ रूपैयाँ र डिजेल/मट्टितेल लिटरको १ सय ४५ रुपैयाँ कायम भएको छ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ ७० पैसा घटेर आए पनि निगमले यथावत राखेको छ।

यता निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य ४ रुपैयाँले घटेको छ।


प्रकाशित : बुधबार, वैशाख १७ २०८२२२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend