बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १५ सय १७ डलर पुग्ने अनुमान

बुधबार, वैशाख १७ २०८२
नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १५ सय १७ डलर पुग्ने अनुमान

गत आर्थिक वर्ष १.२७ प्रतिशतले मात्रै बढेको निर्माण क्षेत्र यस वर्ष २.०९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १५ सय १७ डलर पुग्ने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ।

गत आर्थिक वर्ष नेपालीहरुको प्रतिव्यक्ति आय १४ सय ६७ डलर रहेको थियो। गत आवको तुलनामा यस वर्ष नेपालीको प्रतिव्यक्ति आय ५० डलर बढ्ने अनुमान छ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ।

यस्तै, चालु आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ३.९९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। अर्थतन्त्रका अधिकांश क्षेत्रहरु सकारात्मक हुँदै गएकाले आगामी आर्थिक वर्षबाट अर्थतन्त्रले लय पकड्ने अनुमान कार्यालयले गरेको छ।

थोक तथा खुद्रा व्यापार तुलनात्मकरुपमा बढ्न नसकेको र शिक्षा क्षेत्रको मूल्य अभिवृद्धिदर न्यून रहेकाले चालु आर्थिक वर्ष लक्ष्यभन्दा कम आर्थिक वृद्धिदर हुने अनुमान गरिएको हो। गत आर्थिक वर्ष १.२७ प्रतिशतले मात्रै बढेको निर्माण क्षेत्र यस वर्ष २.०९ प्रतिशतले बढ्ने अनुमान छ।

यस्तै, घरजग्गा तथा रियलस्टेट कारोबार सामान्यरुपमा २.४३ प्रतिशतबाट २.७२ प्रतिशतले मात्रै बढेकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम हुने अनुमान गरिएको हो।


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend