बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

बिहीबारदेखि सुरु हुँदै 'कोशी लगानी सम्मेलन', कुन-कुन देशका लगानीकर्ता हुँदैछन् सहभागी?

बुधबार, वैशाख १७ २०८२
बिहीबारदेखि सुरु हुँदै 'कोशी लगानी सम्मेलन', कुन-कुन देशका लगानीकर्ता हुँदैछन् सहभागी?

लगानी सम्मेलनमा नेपाल, भारत, चीन, रुस, अमेरिका, दक्षिण कोरियालगायत पश्चिमी मुलुकका लगानीकर्ताहरुले सहभागी हुने जनाइएको  छ।

विराटनगर- कोशी प्रदेश सरकारले गर्न लागेको ‘लगानी सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश लगानी प्राधिकरणद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।

विराटनगरको वीरेन्द्र सभागृहका सम्मेलनको उद्घाटन बिहीबार हुनेछ भने यही बैशाख १९ गते सम्पन्न हुनेछ। लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ।

प्राधिकारणका कार्यकारी निर्देशक डा सरोज कोइरालाले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने र ७१ परियोजना सोकेसिङ गरिएको र यसको कुल अनुमानिता लागत एक खर्ब ७३ अर्ब ४९ करोड रूपैयाँ अनुमान रहेको जानकारी दिए।

उनले लगानीका लागि आठ क्षेत्रका परियोजनामा पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आईटी सेवालगायतका क्षेत्रका परियोजना तयार गरिएको बताए। यसमा नेपाल, भारत, चीन, रुस, अमेरिका, दक्षिण कोरियालगायत पश्चिमी मुलुकका लगानीकर्ताहरु सहभागी हुने जनाइएको  छ।

लगानी सम्मेलनमा विभिन्न ६ वटा विषय कृषि, पर्यटन, औद्योगिक उत्पादन, बजारीकरण, पूर्वाधार विकास, ऊर्जा र स्वास्थ्य सेवा एवं मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयमा छलफल हुने र यसलाई सार्थक एवं नतिजामुखी बनाउन सबैको साथ सहायोगको अपेक्षा रहेको कार्यकारी निर्देशक डा कोइरालाले बताए।

आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनको सफलतापछि प्रदेशमा रोजगारी अभिवृद्धि हुने र राष्ट्रिय पुँजीको विकास हुने धारणा राखे। उनले लगानी सम्मेलनमा बाधक बत्रे कानूनहरुलाई संशोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशलाई आर्थिकरुपमा बलियो बनाउन, रोजगारी सिर्जना गर्न र सम्भावित क्षेत्रहरुको विकास गरी पर्यटक भित्र्याउन एवं उत्पादन बढाउन लगानी सम्मेलनले मद्दत गर्ने धारणा राखे। रासस


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend