बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

बुधबार, वैशाख १७ २०८२
तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने  भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासंघ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए।

तनहुँ- एकसय ३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ। यसको आरम्भ पार्टी केन्द्रीय  सदस्य आशा कोइरालाले गरेकी हुन्।

जिल्लाको व्यास नगरपालिका-६ श्याम्घामा ५० रोपनी जग्गामा अदुवाखेती थालिएको हो। उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासंघमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ।

अखिल नेपाल ट्रेड महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मंगलबार २० जना संगठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो। पहिलो चरणमा एकसय धार्नी अदुवा रोपिएको छ भने यसवर्ष पाँचसय धार्नी बीउ रोप्ने लक्ष्य छ। 

बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने  भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासंघ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए। रासस


प्रकाशित : बुधबार, वैशाख १७ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend