बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

बुधबार, वैशाख १७ २०८२
वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ। चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ३३ लाख रुपैयाँ मात्र उठेकाले  अभियान थालिएको हो ।

वीरगञ्ज- वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ। चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ३३ लाख रुपैयाँ मात्र उठेकाले  अभियान थालिएको हो । 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह,  उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज कर्णलगायत पदाधिकारी सम्मिलित टोलीले गत आइतबारदेखि  यहाँका व्यवसायीले व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालिएको जनाइएको छ।  

राजस्व महाशाखा प्रमुख कर्णले भने, 'दैनिक १३० वटा पसलको अनुगमन गरिरहेका छौँ। औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ। हामीले  सातदिने सूचना दिएर कर तिर्न आह्वान गरेका छौँ।'

महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिङ्करोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए। रासस


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend