शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो

images
मंगलबार, वैशाख १६ २०८२
images
हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो

चालु आवका लागि १७ करोड रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

images
images

काठमाडौं- अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ।

images
images
images

गत आवको बैशाख पहिलो हप्तासम्ममा १४ करोड ६ लाख ६३ हजार रूपैयाँ पर्यटनबाट शुल्क संकलन गरेको उक्त कार्यक्रमले चालु आवको सोही अवधिमा १५ करोड २६ लाख ३५ हजार रूपैयाँ संकलन गरिसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए।

images
images

प्रमुख प्रधानका अनुसार पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी आयमा वृद्धि भएको हो। कार्यालयले चालु आवका लागि १७ करोड रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको र सहजरुपमा लक्ष्यमा पुग्न सकिने उनको भनाइ छ। गत आवमा भने उक्त कार्यालयले १५ करोड रूपैयाँको मात्र लक्ष्य लिएको थियो ।

images
images

सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो। हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि ५ सय रूपैयाँ निर्धारण गरिएको छ भने अन्य मुलुकबाट आउने पर्यटकका लागि एक हजार रूपैयाँ निर्धारण गरिएको प्रधानले जानकारी दिए। नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि संग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ।

हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७ सयसम्म पर्यटक आउने गरेका छन्। विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानले जानकारी दिए। उनका अनुसार गत आवमा सार्क राष्ट्रबाट ४७ हजार ३ सय ९९ पर्यटक अवलोकनका लागि आएका थिए भने अन्य देशबाट एक लाख ५३ हजार २ सय ६२ पर्यटक अवलोकनका लागि आएका बताइएको छ। 

त्यस्तै, चालु आवको हालसम्मको अवधिमा सार्क राष्ट्रबाट ३५ हजार ७ सय ८५ र अन्य देशबाट भने एक लाख ४५ हजार ६ सय २५ ले हनुमान ढोकाको अवलोकन गरिसकेका छन्।

विगतको वर्षमा जस्तो नभइ यस वर्ष बैशाखमा पनि पर्यटकको सङ्ख्यामा कुनै कमी नभएको बताइएको छ। इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend