बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव

मंगलबार, वैशाख १६ २०८२
कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव

उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सञ्चालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

जुम्ला- सदरमुकाम खलङ्गामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ।

उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सञ्चालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। 

उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार महोत्सवबामट कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्न तथा औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्न विश्वास गरिएको छ।

स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आवश्यक भएको उनी बताउँछन्।

महोत्सव अवधिभर कर्णालीका स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ। महोत्सवमा २२ कक्ष राखिएका छन्।

सबै कक्ष ‘बुकिङ’ भइसकेका अध्यक्ष देवकोटाले जानकारी दिए। ती कक्षमा रैथाने बाली, स्थानीय परिकार र हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछन्। 'स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता दिएका छौँ। यहाँ आउने अवलोकनकर्ताले जुम्लाको रैथाने परिकार र संस्कारको अनुभव लिन सक्ने छन्', उनले भने।

महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसर पहिचान गर्नु र स्थानीय, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ। महोत्सव यही वैशाख २४ गतेसम्म चल्नेछ। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend