शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लौकाखेतीबाट एक याममा चार लाख रूपैयाँसम्म आम्दानी

मंगलबार, वैशाख १६ २०८२
लौकाखेतीबाट एक याममा चार लाख रूपैयाँसम्म आम्दानी

उनले सात कठ्ठाका जग्गामा पाँचसय लहरा लौका रोपेका छन्। ती बिरुवा रोप्दा ५० हजार रूपैयाँ लगानी भएको किसान अनुरुप उराँवले बताए।

इनरुवा- सुनसरीगढी गाउँपालिका-५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा चार लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

वार्षिक २० हजार रूपैयाँमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँचसय लहरा लौका रोपेको जानकारी दिए। ती बिरुवा रोप्दा ५० हजार रूपैयाँ लगानी भएको बताए।

बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रूपैयाँ खर्च भएको भन्दै उनले एक याममा चार लाख रूपैयाँसम्म आम्दानी हुने जानकारी दिए। युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाख रूपैयाँसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए।

गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उनले बताए। लौका सुरुमा प्रतिगोटा ८० रूपैयाँमा बिक्री गरेकामा अहिले २० देखि २५ रूपैयाँमा बिक्री हुँदा पनि चार लाख रूपैयाँ आम्दानी भइरहेको उनले उल्लेख गरे। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend