शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

उद्योग वाणिज्य महासंघको बजेट सुझाव : नीतिगत स्थायित्वलाई प्राथमिकता, युवालाई व्यवसायप्रति आकर्षित गर्न सुशासनको प्रत्याभूति

images
सोमबार, वैशाख १५ २०८२
images
उद्योग वाणिज्य महासंघको बजेट सुझाव : नीतिगत स्थायित्वलाई प्राथमिकता, युवालाई व्यवसायप्रति आकर्षित गर्न सुशासनको प्रत्याभूति

'सबै दलहरुले कम्तीमा अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ। जसले कानूनको अपव्याख्या गर्ने र कानून बाझिने अवस्था अन्त्य हुन्छ', नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले भने।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेमेट्नुपर्ने सन्दर्भमा विभिन्न सुझाव दिएको छ। आसन्न बजेटका सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तारमा जोड दिए।

images
images
images

यस्तै, उनले नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवर्द्धन एवं लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धन एवं राजस्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिताजस्ता पक्षलाई प्राथमिकतामा समेटिनुपर्ने सुझाव दिए।

images
images

उद्योग वाणिज्य महासंघले देशभरबाट गरेको अध्ययनअनुसार उद्योग व्यवसाय विस्तारको बाधकका रुपमा राजनीतिक र नीतिगत अस्थिरता देखिएको भन्दै अध्यक्ष ढकालले नीतिगत स्थायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

images
images

उनले अबको दशकलाई लगानी दशक घोषणा गरी लगानी सम्बन्धित एकीकृत लगानी बनाइ लागु गर्न आग्रह गरे।

'धेरै देशले नीति र संस्थालाई स्थिर बनाइ आर्थिक उन्नति हासिल गरेका छन्। थाइल्याण्ड त्यसको एउटा उदाहरण हो। त्यसैले हाम्रो अनुरोध सबैभन्दा ठूलो दल भएका कारण नेपाली कांग्रेसले नीतिगत स्थायित्वका लागि र दरिलो संस्था निर्मााणका लागि सर्वदलीय सहमतिका लागि पहल गर्नुपर्छ', अध्यक्ष ढकालले भने, 'सबै दलहरुले कम्तीमा अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ। जसले कानूनको अपव्याख्या गर्ने र कानून बाझिने अवस्था अन्त्य हुन्छ।'

उनले नेपालको बजेट प्रक्रियामा करिब दुई दशकदेखि पुँजीगत खर्च हुन नसक्नु सबैभन्दा ठूलो समस्याका रुपमा रहेको, बजेटको करिब १७ प्रतिशत हाराहारी मात्रै पुँजीगत खर्च छुट्याइने र त्यो पनि ६० प्रतिशत हाराहारी मात्रै खर्च हुने प्रवृत्तिले देशमा अपेक्षित विकास हुन नसकेको, बजारमा माग सिर्जना हुन नसकेको र निजी क्षेत्रको व्यवसाय प्रभावित भएको बताए।

कम्तीमा अबको दुई वर्ष बजेटको आकार तय गर्दा पुँजीगत खर्चमा प्रभाव नपारि वास्तविक खर्चमा बढीमा १५ प्रतिशत नबढ्ने गरी तय गरिनुपर्ने महासंघको सुझाव छ। आम निराशा कम गर्न र युवाहरुलाई व्यवसायप्रति आकर्षित गर्न सुशासनको प्रत्याभूति, सुशासनका लागि प्रविधिको उच्चतम प्रयोग, नागरिक एपबाट व्यवसाय दर्तादेखि सम्पूर्ण काम गर्न सक्ने व्यवस्था र व्यवसाय नवीकरण गर्नुपर्ने बाध्यता अन्त्य गर्दै राजस्व बुझाएकै आधारमा नवीकरण गर्ने व्यवस्था गर्न महासंघले सुझाव दिएको छ।

यस्तै सुशासन अभिवृद्धिका लागि सदाचार, भूतप्रभावी कानूनहरुले प्रयोगको अन्त्य र तत्काल कानून परिवर्तन हुने प्रचलनलाई रोक्ने विषय चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई यस्ता सुधारको प्रस्थानबिन्दुका रुपमा ल्याउनु आवश्यक रहेको महासंघको सुझावमा उल्लेख छ।

मुलतः अर्थतन्त्र रेमिट्यान्सले धानिरहेको अवस्था र विभिन्न अध्ययन प्रतिवेदनले सन २०४५ पछि जनसांख्यिक लाभ नरहने प्रक्षेपण भइरहेको अवस्थाा रेमिट्यान्समा निर्भर अर्थतन्त्र जोखिमोन्मुख हुने भन्दै अध्यक्ष ढकालले दोस्रो चरणको आर्थिक सुधारलाई अगाडी बढाउने गरी आगामी बजेट बनाउन जरुरी रहेको बताए।

महासंघ र विश्व बैंकले गरेको अध्ययनअनुसार ८१ प्रतिशत अर्थतन्त्रमा निजी क्षेत्रको योगदान रहेको र ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको अवस्थाा निजी क्षेत्रको महत्वलाई सार्वजनिकरुपमा सबै दलहरुले स्वीकार गरी उद्यमी व्यवसायीले सम्मानित भइ व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चिता हुनुपर्ने उनले बताए।

तीन दशकको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत रहेको, न्यून आर्थिक वृद्धिले रोजगारीका अवसर खुम्चँदा करिब ६० लाख जनशक्ति विदेशमा कार्यरत रहेका र सन् २००४ यता निर्यात तीन गुणा र आयात ९ गुणाले वृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै अध्यक्ष ढकालले कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रबाट अधिकतम फाइदा लिन सक्ने र आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै देशमै रोजगारी सिर्जना हुने गरी बजेट ल्याउन सुझाव दिए।

यस्तै अनधिकृत व्यापार नियन्त्रणका लागि छिमेकी देशका बोर्डर सुरक्षा निकायसंग समन्वय गरी सूचनाको आदान प्रदान र संयुक्त गस्तीको व्यवस्था हुनुपर्ने, नेपाल सरकारले संकलन गर्ने गैरकर राजस्व (शुल्क, दस्तुर, जरिवाना लगायतका दस्तुरहरु) सम्बन्धी व्यवस्था विभिन्न कानूनमा छरिएर रहेकोले यससम्बन्धी एकीकृत गैर करसम्बन्धी छाता ऐन ल्याउन महासंघले सुझाएको छ।


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend