शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

चन्द्रागिरिमा हिउँ खेल्न जाँदा जंगलमा हराएका ५ जना भेटिए

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २४ २०७८
images
चन्द्रागिरिमा हिउँ खेल्न जाँदा जंगलमा हराएका ५ जना भेटिए

आइतबार हिउँ खेल्न गएका उनीहरू फर्कने क्रममा हराएका थिए।

images
images

काठमाडौं- चन्द्रागिरिमा हिउँ खेलेर फर्किँदा हराएका पाँच जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट गएराति प्रहरीले उद्धार गरेको छ।

images
images
images

चन्द्रागिरी डाँडामा सोमबार हिउँ खेल्न गएका चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको प्रहरीले उद्धार गरेको हो।

images
images

आइतबार हिउँ खेल्न गएका उनीहरू फर्कने क्रममा हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट खटिएको संयुक्त प्रहरीको टोलीले लगातार ५ घण्टाको खोजी पश्चात उनीहरूलाई फेला पारी सकुशल उद्धार गरेको हो।

images
images

उनीहरूलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 


प्रकाशित : सोमबार, माघ २४ २०७८०६:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend