शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

बोरिङ मर्मत गरेर किसानलाई सिँचाइ सुविधा

images
सोमबार, वैशाख १५ २०८२
images
बोरिङ मर्मत गरेर किसानलाई सिँचाइ सुविधा

बोरिङ जडान भएको केही वर्षसम्म सहजरुपमा सञ्चालन भए पनि भल्व बिग्रिँदा अलपत्र परेको थियो। भल्व मर्मतका लागि स्थानीय बासिन्दाले रकमको जोहो मिलाउन नसक्दा बोरिङबाट लगातार रुपमा पानी चुहिने समस्याले किसानले हैरानी खेप्दै आएका थिए।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-४ स्थित असैनामा चार दशकअघि सिँचाइका लागि जडान गरिएको ‘अटोजन बोरिङ’ मर्मत गरी सञ्चालनमा ल्याइएको छ। यसबाट २ सयभन्दा बढी परिवार लाभान्वित भएका छन्। 

images
images
images

वडा कार्यालयले रु दुई लाख रकम खर्च गरी बिग्रिएको बोरिङ मर्मत गरी सञ्चालन गरेको हो। 'वर्षौँदेखि बोरिङ बिग्रँदा सिँचाइ सुविधाबाट वञ्चित रहँदै आएका थियौँ', स्थानीय नेपाली रानाले भने, 'बोरिङबाट लगातार पानी चुहिँदा नजिकको झण्डै दुई बिघा बढी जग्गा सिमसारमा परिणत भएको थियो ।'

images
images

बोरिङका भल्व फेर्ने कार्य गरिएपछि चाहेको बेला खेतमा सिँचाइ गर्न सकिने र नचाहिएका बेला बन्द गर्न सकिने भएको उनले बताए। बोरिङबाट लगातार पानी चुहिने कारणले खेती लगाउनै मुस्किल हुँदै आएको नत्थु रानाले बताए। 'बोरिङ मर्मत गरिएपछि व्यवस्थित तरिकाले खेतमा सिँचाइ गर्न सकिने भएको छ', उनले भने, 'खेतीका लागि आवश्यक पर्ने पानी बोरिङबाटै उपलब्ध हुने भएको छ।'

images
images

'तरकारीखेती गर्नका लागि बोरिङको पानी पुर्‍याउन सम्भव नहुँदा विगतमा घरकै नल्कामा जडान गरिएको मोटरबाट सिँचाइ गर्दै आएका थियौँ', सुशीला रानाले भनिन्, 'बोरिङ मर्मत भएपछि सहजरुपमा सिँचाइ गर्न पाइएको छ।' विसं २०४० अघि किसानको खेतमा सिँचाइ सुविधा उपलब्ध गराइ कृषिको उत्पादकत्व बढाउनका लागि अटोमेटिक (स्वचालित) बोरिङ जडान गरिएको थियो।

बोरिङ जडान भएको केही वर्षसम्म सहजरुपमा सञ्चालन भए पनि भल्व बिग्रिँदा अलपत्र परेको थियो। भल्व मर्मतका लागि स्थानीय बासिन्दाले रकमको जोहो मिलाउन नसक्दा बोरिङबाट लगातार रुपमा पानी चुहिने समस्याले किसानले हैरानी खेप्दै आएका थिए।

वडाध्यक्ष कमल ठकुल्लाले स्थानीय बासिन्दाको मागअनुसार बोरिङ मर्मत गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए। बोरिङ मर्मतसँगै त्यसको सुरक्षाका लागि पर्खाल निर्माण गर्ने कार्य गरिएको उनले बताए।

बोरिङले प्रतिसेकेण्ड ६ इञ्च पानी फाल्ने गर्दछ। बोरिङ मर्मत भएपछि वडाका दुई सयभन्दा बढी किसानको झन्डै ६० बिघा बढी जग्गामा सिँचाइ सुविधा पुगेको वडासदस्य मनिदत्त पन्तले बताए। स्थानीय बासिन्दाले बोरिङको पानी सिँचाइसँगै लत्ताकपडा धुने, पिउने र बस्तुभाउलाई खुवाउने कार्यमा पनि प्रयोग गर्दै आएका छन्। रासस


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend