बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

पूर्वी नेपालमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

सोमबार, वैशाख १५ २०८२
पूर्वी नेपालमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आइतबारदेखि भित्रिएको मौसमी प्रणालीको प्रभावका कारण सोमबार देशको पूर्वी भागमा मेघगर्जन र चट्याङसहित राम्रै वर्षा हुने सम्भावना देखिएको छ।

काठमाडौं- आइतबारदेखि भित्रिएको मौसमी प्रणालीको प्रभावका कारण सोमबार देशको पूर्वी भागमा मेघगर्जन र चट्याङसहित राम्रै वर्षा हुने सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ। यस्तै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकोले समेत मौसममा परिवर्तन देखिएको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुने महाशाखाले जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख १५ २०८२०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend