बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

सोमबार, वैशाख १५ २०८२
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा तोकिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा कायम गरिएको छ। त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा तोकिएको छ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

यसैगरी साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १४ रूपैयाँ १५ पैसा, डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र बिक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा कायम गरेको छ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने खुला बजारको आधारमा फरक हुन सक्ने र अद्यावधिक विनिमयदर बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बताइएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख १५ २०८२०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend