काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको घटेको छ।
सुनको मूल्य आज तोलामा एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ८९ हजार ७ सय रूपैयाँ कायम भएको छ।
गएको शुक्रबार सुन प्रतितोला एक लाख ८९ हजार ६ रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।