बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

आजको कालीमाटी बजार मूल्य : सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

आइतबार, वैशाख १४ २०८२
आजको कालीमाटी बजार मूल्य : सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि सागसब्जी तथा फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि सागसब्जी तथा फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आजका लागि प्रमुख तरकारी तथा फलफूलको मूल्य निम्नानुसार निर्धारण गरिएको छ।

तरकारीतर्फ, नेपाली ठूला गोलभेँडा प्रतिकिलो रुपैयाँ ४०, भारतीय ठूला गोलभेँडा प्रतिकिलो रुपैयाँ ६०, लोकल साना गोलभेँडा प्रतिकिलो रुपैयाँ २५ र तराई साना गोलभेँडा प्रतिकिलो रुपैयाँ ३० कायम गरिएको छ। आलु रातो नेपाली प्रतिकिलो रुपैयाँ ३४ र भारतीय आलु रातो प्रतिकिलो रुपैयाँ ३२ निर्धारण गरिएको छ।

त्यस्तै, भारतीय सुकेको प्याज प्रतिकिलो रुपैयाँ ३८, लोकल गाजर प्रतिकिलो रुपैयाँ ४०, तराई गाजर प्रतिकिलो रुपैयाँ २५, लोकल बन्दा प्रतिकिलो रुपैयाँ १५, नरिवल बन्दा प्रतिकिलो रुपैयाँ २०, स्थानीय काउली प्रतिकिलो रुपैयाँ ३०, रातो मूला प्रतिकिलो रुपैयाँ ४५, लोकल सेतो मूला प्रतिकिलो रुपैयाँ २०, हाइब्रिड सेतो मूला प्रतिकिलो रुपैयाँ ३५, लाम्चो र डल्लो भन्टा दुबैको मूल्य प्रतिकिलो रुपैयाँ ५० रहेको छ।

बोडी, सिमी, करेला, लौका, परबर, घिरौला, चिचिण्डो लगायत अन्य तरकारीहरूमा पनि मूल्य निर्धारण गरिएको छ। मटरकोसा प्रतिकिलो रुपैयाँ १००, टाटे सिमी प्रतिकिलो रुपैयाँ ९०, भटमास कोसा प्रतिकिलो रुपैयाँ १४० र झिगुनी प्रतिकिलो रुपैयाँ ७० निर्धारण गरिएको छ। फर्सी, सलगम, भिण्डी, रायो साग, पालुङ्गो साग, चमसुर, तोरी साग, मेथी साग लगायतका हरिया सागसब्जीको मूल्य समेत तोकिएको छ।

फलफूलतर्फ, स्याउ (झोले) प्रतिकिलो रुपैयाँ २५०, फूजी स्याउ प्रतिकिलो रुपैयाँ ३५०, केरा (दर्जन) रुपैयाँ १६०, कागती प्रतिकिलो रुपैयाँ ३००, अनार प्रतिकिलो रुपैयाँ ३५०, हरियो अङ्गुर प्रतिकिलो रुपैयाँ २०० र कालो अङ्गुर प्रतिकिलो रुपैयाँ २५० निर्धारण गरिएको छ। भारतीय सुन्तला प्रतिकिलो रुपैयाँ १४०, तरबुजा हरियो प्रतिकिलो रुपैयाँ ७०, जुनार तथा मौसम दुबै प्रतिकिलो रुपैयाँ २०० रहेको छ।

यसैगरी, निबुवा प्रतिकिलो रुपैयाँ ५०, नासपाती (चाइनिज) प्रतिकिलो रुपैयाँ २६०, नेपाली मेवा प्रतिकिलो रुपैयाँ ५० र भारतीय मेवा प्रतिकिलो रुपैयाँ १२०, अम्बा प्रतिकिलो रुपैयाँ १२०, लप्सी प्रतिकिलो रुपैयाँ ८०, किबी प्रतिकिलो रुपैयाँ ४५०, आभोकाडो प्रतिकिलो रुपैयाँ ६५० र अमला प्रतिकिलो रुपैयाँ १०० निर्धारण गरिएको छ।

मसला तथा अन्य सामग्रीतर्फ, अदुवा प्रतिकिलो रुपैयाँ १३०, हरियो खुर्सानी प्रतिकिलो रुपैयाँ ८०, बुलेट खुर्सानी प्रतिकिलो रुपैयाँ १००, माछे खुर्सानी प्रतिकिलो रुपैयाँ ७०, भेडे खुर्सानी प्रतिकिलो रुपैयाँ ८०, हरियो धनिया प्रतिकिलो रुपैयाँ १५०, चाइनिज लसुन प्रतिकिलो रुपैयाँ ३२०, नेपाली लसुन प्रतिकिलो रुपैयाँ ३०० निर्धारण गरिएको छ।

समितिले ताजा माछा र विभिन्न प्रकारका च्याउहरूको मूल्य पनि निर्धारण गरेको छ। ताजा माछा (रहु) प्रतिकिलो रुपैयाँ ३२०, बचुवा प्रतिकिलो रुपैयाँ २६०, छडी प्रतिकिलो रुपैयाँ २४०, राजा च्याउ प्रतिकिलो रुपैयाँ ३०० र सिताके च्याउ प्रतिकिलो रुपैयाँ ८०० तोकिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रत्येक दिनको ताजा मूल्य उपभोक्तालाई सहज रूपमा जानकारी गराउन नियमित रूपमा मूल्य सूची सार्वजनिक गर्दै आएको छ।

रासस


प्रकाशित : आइतबार, वैशाख १४ २०८२०७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend