बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

ओली–देउवा बालुवाटारमा छलफल, सत्ता गठबन्धन सुदृढ गर्न सहमति

शिक्षक आन्दोलन र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी विषयमा पनि गहन छलफल

आइतबार, वैशाख १४ २०८२
ओली–देउवा बालुवाटारमा छलफल, सत्ता गठबन्धन सुदृढ गर्न सहमति

भेटमा पछिल्लो समय सरकार परिवर्तनबारे भइरहेका चर्चा र हल्ला अनावश्यक र निराधार भएको निष्कर्ष निकालिएको छ। छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विश्वप्रकाश शर्मा र गृहमन्त्री रमेश लेखक समेत सहभागी थिए।

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ दुई घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्पन्न वार्तामा सत्तासहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको स्रोतले जनाएको छ।

भेटमा पछिल्लो समय सरकार परिवर्तनबारे भइरहेका चर्चा र हल्ला अनावश्यक र निराधार भएको निष्कर्ष निकालिएको छ। छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी थिए।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच सुरू भएको संसद्को बजेट अधिवेशनका विषयमा समेत व्यापक छलफल भएको थियो। आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा व्यवस्थापन, आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया र नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर नियुक्ति लगायतका विषयहरू छलफलको प्रमुख एजेन्डा थिए।

नेता ओली र देउवाबीच साढे ७ बजेदेखि साढे ९ बजेसम्मको छलफलमा दुवै दलले जनताको हितमा सरकारलाई अझ प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आवश्यक सहजीकरणका लागि सत्तागठबन्धनभित्र घनिष्ट समन्वय कायम गर्नेमा पनि दुवै नेता एकमत देखिएको बताइएको छ।

देउवा थाइल्यान्ड भ्रमणमा रहेका बेला नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले सरकार परिवर्तनको चर्चा गरेका थिए। सो सन्दर्भमा पनि ओली–देउवा वार्ताले सरकार स्थायित्वमा कुनै संकट नरहेको सन्देश दिन खोजेको बुझिएको छ।

छलफलमा राष्ट्र बैंकको रिक्त गभर्नर नियुक्तिको विषय पनि प्रमुख रहेको थियो। देउवाको प्रस्तावमा प्रधानमन्त्री ओली सहमत देखिएपछि हालका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई १८औँ गभर्नर नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। सम्भवतः भट्टको नियुक्ति यसै साता मन्त्रिपरिषद् बैठकमार्फत औपचारिक रूपमा गरिने बताइएको छ।

 


प्रकाशित : आइतबार, वैशाख १४ २०८२०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend