शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर

images
शनिबार, वैशाख १३ २०८२
images
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर

बुबाको अप्राकृतिक मृत्युपछि, शारीरिक र मानसिक रुपमा कमजोर आमा ९४५ वर्षीया शारदा राई र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ।

images
images

काठमाडौं- केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष अघि बुबा गुमाएका छन्। बुबाको अप्राकृतिक मृत्युपछि, शारीरिक र मानसिक रुपमा कमजोर आमा ९४५ वर्षीया शारदा राई र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ।

images
images
images

छितिजका दाजु बहिनीहरूमा ठूली बहिनी दीपा राई कक्षा ७, निशा कक्षा ५ र कान्छा भाइ मुस्कान कक्षा ३ मा अध्ययनरत छन्। आफूसमेत कक्षा १० मा अध्ययनरत छितिजको घर गत असार ९ गतेदेखि सुरू भएको भारी वर्षासँगै आएको पहिरोले पुर्‍यो। सुङ्देलस्थित भीरखर्कमा रहेको घर र घरका सम्पूर्ण सामग्री पहिरोले पुरिएपछि छितिजको परिवार आफन्तकामा आश्रय लिएर बस्दै आएको थियो।

images
images

अब, पहिरोले घरबारविहीन भएका छितिजको परिवारलाई स्थानीयको सहयोगमा नयाँ घर हस्तान्तरण गरिएको छ। स्थानीय देवानसिं कोयी राईले खाजु भन्ने ठाउँमा निःशुल्क उपलब्ध गराएको एक रोपनी १३ आना जग्गामा  नौ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको ढुङ्गामाटोको गाह्रो तथा जस्तापाताको छाना भएको दुईतले घर शुक्रबार औपचारिक रुपमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको हो।

images
images

घर निर्माणका लागि देश तथा विदेशमा रहेका आफन्तबाट सङ्कलन गरिएको चन्दा र श्रमदानबाट यो घर बनाइएको हो। गाउँपालिका प्रमुख समिर राईको उपस्थितिमा घर हस्तान्तरण गरिएको जानकारी संयोजनकर्ता ललितचन्द्र कोयी राईले दिए। उनले भने, 'पहिरोले घर र सम्पूर्ण सामग्री गुमाएपछि छितिजको परिवार आश्रयमा बसिरहेको थियो। उनीहरूको लागि हामीले चन्दा र श्रमदानबाट घर निर्माण गरिदिएका हौँ। यो अभियान सफल बनाउन सबैको साथ र सहयोग महत्वपूर्ण थियो।'

कोयी राई समाज खोटाङको संयोजनमा सञ्चालन गरिएको चन्दा सङ्कलन अभियानमा हङकङबाट हितबहादुर कोयी राईको पहलमा रु तीन लाख ५० हजार, बेलायतबाट कृतबहादुर कोयी राईको पहलमा रु एक लाख ५० हजार र केपिलासगढी गाउँपालिकाले रु एक लाख ५० हजार उपलब्ध गराएको जनाइएको छ। घर निर्माणमा कुल रु नौ लाख खर्च भएको छ।

घर हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले छितिजको परिवारलाई आगामी दिनमा गाउँपालिकाबाट उपलब्ध हुने सुविधाको निरन्तरता दिने प्रतिबद्धता जनाए। 'तिमी आफ्नो परिवारसहित नयाँ घरमा सर्नुभएको छ। अब बाँकी जीवन उन्नति र प्रगति गरी परिवारको जिम्मेवारी समालेर बसेका छन्। स्थानीय सरकार सधैं तिमीलाई साथ दिनेछ,' गाउँपालिका प्रमुख राईले भने।

छितिजको परिवारलाई घर निर्माणका लागि नगद र खानपानको सामाग्रीका रूपमा दाल, चामल र पठनपाठनका शैक्षिक सामग्री पनि उपलब्ध गराइएको छ। प्राकृतिक प्रकोपका कारण पीडित छितिजको परिवारलाई पुनः स्थापित गर्न सहयोग पुर्‍याउनेमा सुङ्देलका वडाध्यक्ष तेजकुमार राईले सबैको सहकार्य र मायालाई सराहना गर्दै शुभकामना व्यक्त गरे।

 रासस


प्रकाशित : शनिबार, वैशाख १३ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend