बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

औद्योगिक सम्पत्ति दर्तामा राज्यको भूमिका बढाउनुपर्नेमा महासंघ अध्यक्ष ढकालको जोड

शनिबार, वैशाख १३ २०८२
औद्योगिक सम्पत्ति दर्तामा राज्यको भूमिका बढाउनुपर्नेमा महासंघ अध्यक्ष ढकालको जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्ति दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्ने बताएका छन्।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्ति दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्ने बताएका छन्।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो धारणा राखेका हुन।

बौद्धिक सम्पत्ति (आईपी) बारेमा पर्याप्त ज्ञानको अभावले यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै ढकालले कतिपय ट्रेडमार्कका विषयमा विवाद आउने गरेकोले समाधानमा जोड दिनुपर्ने बताए।

त्यस्तै, उनले ट्रेडमार्क र पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइ प्रक्रिया सरल र छिटो बनाउनुपर्ने बताए।

'नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई सुरक्षित गरेको छ। जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई सुरक्षित राख्न सहयोग गरेको छ। यस्ता कार्यक्रमले बौद्धिक सम्पत्ति सम्बन्धी जनचेतना अभिवृद्धिमा ठूलो योगदान पुर्‍याउँछ,' उनले भने।

उनले गीत-संगीत क्षेत्र मनोरञ्जन उद्योगका रूपमा विकास हुँदै गर्दा सर्जकहरूले सिर्जनाको संरक्षण गर्नु आवश्यक रहेको बताए।

विश्व बौद्धिक सम्पदा संगठन ले पहिलो पटक सन् २००१ मा विश्व आईपी दिवस मनाउन थालिएको हो। 


प्रकाशित : शनिबार, वैशाख १३ २०८२१५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend