शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी

शनिबार, वैशाख १३ २०८२
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी

कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ। यहाँका किसान व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका छन्।

काठमाडौं- कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ। यहाँका किसान व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका छन्। 

जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरका जगतराम चौधरीले सागसब्जी बेचेर परिवारको भरणपोषण गर्दै आएका छन्। विगत १५ वर्षदेखि व्यावसायिक रुपमा सागसब्जीखेती गर्दै आएको बताउँदै उहाँले यसबाट आकर्षक आम्दानी पनि हुने गरेको जानकारी दिए। 

उनले भने, 'छ कट्ठामा सागसब्जी लगाएको छु। वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ। आठ जनाको परिवार छ। बालबच्चाको पढाइ, घर खर्च सागसब्जी बेचेर चलाउने गरेको छु।' उनले जैविक  मल मात्र प्रयोग गरेर खेती गर्दै आएको बताए। 

सागसब्जीखेती बिक्रीमा समस्या नहुने बताउँदै उनले नजिकैको अत्तरिया बजारमा लगेर सागसब्जी बिक्री गर्ने गरेको जानकारी दिए। सागसब्जीखेतीबाट मनग्गे आम्दानी हुने उनले बताए। 

सोही स्थानका धनलाल चौधरीले चार कट्ठा जग्गामा लामो समयदेखि व्यावसायिक सागसब्जीखेती गर्दै आएको बताउँछन। उनले भने, 'आम्दानी प्रशस्त हुन्छ। सागसब्जीखेतीबाट वार्षिक दुई लाख रुपैयाँ बढी आम्दानी हुन्छ। गाह्रोसारो पर्दा ऋण लिनुपर्दैन।'

रासस


प्रकाशित : शनिबार, वैशाख १३ २०८२१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend