बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

बजेट अधिवेशन आजदेखि सुरु, प्रधानमन्त्री र अर्थमन्त्रीले सम्बोधन गर्ने

शुक्रबार, वैशाख १२ २०८२
बजेट अधिवेशन आजदेखि सुरु, प्रधानमन्त्री र अर्थमन्त्रीले सम्बोधन गर्ने

व्यवस्थापकीय कार्यको सन्दर्भमा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ संसद्मा पेश गर्नुहुने कार्यक्रम छ।

काठमाडाैं- सङ्घीय संसद्का दुवै सदनको बजेट अधिवेशन आज अपराह्न १ बजेबाट सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी प्रस्तुत गर्ने छन्। साथै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनसमेत सम्भावित कार्यसूचीमा रहेको छ।

अधिवेशनको पहिलो दिन विभिन्न राजनीतिक दलका नेताहरूलाई मन्तव्य राख्न समय प्रदान गरिनेछ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, नेकपा (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सम्बोधन गर्नेछन।

व्यवस्थापकीय कार्यको सन्दर्भमा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ संसद्मा पेश गर्नुहुने कार्यक्रम छ।

गत चैत १८ गते सम्पन्न हिउँदे अधिवेशनपछि पहिलोपटक बस्न लागेको यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको छ। नेपालको संविधानअनुसार, संसद्को पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ। सोहीअनुसार राष्ट्रपतिबाट नीति तथा कार्यक्रम यही वैशाख १९ गते प्रस्तुत गरिनेछ।

संसद् सचिवालयका एक अधिकारीका अनुसार, ‘प्रि बजेट’ छलफल वैशाख २८ गतेदेखि सुरु हुने सम्भावना छ। कानुनी व्यवस्थाअनुसार, बजेट प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिनअघि प्रि बजेट छलफल गरिनुपर्ने प्रावधान रहेको छ। आगामी जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्नेछन।

यस अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ। अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२०९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend