बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

आज भूकम्प स्मृति दिवस : गोरखा भूकम्पको १० वर्ष

शुक्रबार, वैशाख १२ २०८२
आज भूकम्प स्मृति दिवस : गोरखा भूकम्पको १० वर्ष

आज वैशाख १२ गते, सन् २०१५ (वि.सं. २०७२) को यही दिन, गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पको १० वर्ष पुगेको छ। उक्त भूकम्पले ८,९७९ जनाको ज्यान लिएको थियो भने २२,३०९ जना घाइते भएका थिए।

काठमाडौं- राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ ७:३४ बजे रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। यो भूकम्प पछिल्लो समय पश्चिम नेपालमा लगातार आइरहेका साना प्रकृतिका भूकम्पहरूमध्ये एक हो।

पश्चिम नेपालमा विशेषगरी जाजरकोट र आसपासका क्षेत्रमा पछिल्लो महिनाहरूमा सानातिना भूकम्पहरू निरन्तर आइरहेका छन्। वि.सं. २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि त्यहाँ बारम्बार कम्पन भइरहेका छन्।

आज वैशाख १२ गते, सन् २०१५ (वि.सं. २०७२) को यही दिन, गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पको १० वर्ष पुगेको छ। उक्त भूकम्पले ८,९७९ जनाको ज्यान लिएको थियो भने २२,३०९ जना घाइते भएका थिए।

यस दुखद स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। सुरक्षित पूर्वाधार निर्माणको आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्यले ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔं’ भन्ने मूल नाराका साथ भूकम्प स्मृति दिवस मनाइँदैछ।

काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहने कार्यक्रम छ।

प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२०९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend