बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ : ऊर्जामन्त्री खड्का

बिहीबार , वैशाख ११ २०८२
गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ : ऊर्जामन्त्री खड्का

ऊर्जामन्त्री दीपक खड्काले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानून संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको 'भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन'मा उनले मुलुकको विकासमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।

ऊर्जामन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने धारणा राखे।

उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानून संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए। ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा धेरै इञ्जिनियरले रोजगार पाउने उल्लेख गरे।

बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेमात्रै १७ हजारभन्दा बढीले रोजगारी पाउने उनको भनाइ थियो। उनले मुलुकको विकासका लागि इञ्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend