बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तद्वारा पदबहाली

बिहीबार , वैशाख ११ २०८२
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तद्वारा पदबहाली

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन्।

काठमाडौं- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उनले सिंहदरबार पुगेर पदबहाली गरेका हुन्।

सो क्रममा उनले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताए। आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उनले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पारे।

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend