शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपालमा सेवा निरन्तर हुने फोर्डको प्रतिवद्धता 

आइतबार, माघ २३ २०७८
नेपालमा सेवा निरन्तर हुने फोर्डको प्रतिवद्धता 

काठमाडौं- नेपालमा फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकहरुलाई फोर्ड गाडीहरुमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय आएको हो। 

फोर्डले ‘कमिटेड टू सर्भ’ नामक नयाँ अभियान सुरु गरेको छ। जस अन्तर्गत उपभोक्ताहरुलाई पार्टपुर्जा, मर्मत सम्भार, सर्भिसिङ र वारेन्टीको सहयोग निरन्तर उपलब्ध गराइ नै रहने कम्पनीको प्रतिवद्धता रहेको छ। 

‘पारिवारिक अनुभूतिको प्रतिवद्धता जस्तै फोर्डको सेवाका बारेमा कमिटेड टू सर्भ अभियान अघि बढाइएको हो। जसअनुरुप सदाझैं फोर्ड तपाईंहरुको साथमा छ भन्ने विश्वस दिलाउन चाहान्छौं,’ फोर्ड इन्डियाका मार्केटिङ, सेल्स र सर्भिसका कार्यकारी निर्देशक श्री विनय रैनाले भने, ‘यो प्रतिवद्धता नेपालमा जीओ फोर्डमा रहेका सक्षम र व्यावसायिक टोली मार्फत तपाईंहरुलाई दिइ रहनेछ।’  

एक अध्ययनको एनुअल भेहिकल मेन्टेनेन्स सर्भेमा फोर्डको सेवाप्रतिको प्रतिवद्धता स्थिर रहेको बारम्बार प्रमाणित भएको छ, जसकारण यो ब्रान्ड सो अवार्ड जित्ने सबैभन्दा किफायती ब्रान्डहरु मध्ये एक बनेको छ। 

यस सर्वेक्षण अनुसार फोर्डको सर्भिस र पार्टपुर्जाहरु सबैभन्दा किफायती छन्। यस प्रतिवद्धतालाई दोहोर्‍याउँदै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘हामी फोर्ड एभरेष्ट, फोर्ड रेन्जर र फोर्ड र्‍याप्टर जस्ता मोडलहरु तेस्रो मुलुकबाट आयात जारी राख्नेछौं र स्पेयर पार्टस्को उपलब्धता र वारेन्टी पनि उपलब्ध गरिरहने छौं।’ यसले नेपालभरि रहेका फोर्डको सेवा केन्द्रहरुबाट सेवा निरन्तर राख्न सहयोग गर्नेछ र ग्राहकलाई अझ प्रभावकारी रुपमा सेवा दिन मद्दत गर्ने  गोल्छाले बताए। 


प्रकाशित : आइतबार, माघ २३ २०७८१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend