बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

जिल्ला प्रशासन कार्यालय बाँकेमा टोकन प्रणाली लागु, सेवाग्राहीलाई सहज हुने

बिहीबार , वैशाख ११ २०८२
जिल्ला प्रशासन कार्यालय बाँकेमा टोकन प्रणाली लागु, सेवाग्राहीलाई सहज हुने

सबैभन्दा बढी सेवाग्राहीको चाप हुने नागरिकता र प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा टोकन प्रणाली लागु गरिएको छ।

नेपालगञ्ज- बाँकेमा सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्रवाहका लागि टोकन प्रणाली कार्यान्वयन गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले सेवाग्राहीलाई बढी चाप हुने शाखामा विद्युतीय टोकन प्रणाली लागु गरिएको जानकारी दिए। छिटो आउने सेवाग्राहीको काम छरितो गर्न र भेदभाव नहोस् भनेर टोकन प्रणाली सुरु गरिएको उनले बताए।

जिल्ला प्रशासनमा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने नागरिकता र प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा टोकन प्रणाली लागु गरिएको छ। सेवाग्राहीले टोकन लिएर सहजै सेवा प्राप्त गर्ने भएकाले विगतमा भन्दा थप सहज हुने जिप्रका बाँकेले जनाएको छ।

पछिल्लो समय सेवाग्राहीको बढी चाप हुने गरेको राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि सेवाग्राहीको असहजतालाई मध्यनजर गर्दै सम्पूर्ण सेवा एउटै भवनबाट सुरु गरिएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend